


सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुँदै


-
-
पुस १२ गते, २०७७ - ०९:३३

सल्यान । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो ।
तीन नगरपालिका र सात गाउँपालिका गरेर १० स्थानीय तह भएको सल्यानमा प्रत्येक स्थानीय तहमा पाँच÷पाँच घर निर्माण गरिनेछ । अहिले जिल्लामा लाभग्राही छनोट तथा सम्झौताको काम भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।
अहिले जिल्लामा घर निर्माण हुने स्थान र लाभाग्राही छनोटसँगै लाभग्राहीसँग सम्झौताको काम भइरहेको पूर्वाधार कार्यालय सल्यानका प्रमुख विनोद पुनले जानकारी दिए । जनता आवास कार्यविधिअनुसार लाभग्राहीको घर निर्माणका लागि स्थानीय तहले गरेको सिफारिसअनुसार आवश्यक प्रक्रियागत काम भइरहेको उनल जानकारी दिए ।
घर निर्माणका लागि प्रत्येक परिवारले रु तीन लाख ५० हजार प्राप्त गर्नेछन् । उक्त रकमबाट लाभग्राहीले दुई कोठासहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ । साथै कूल रकमको १० प्रतिशत खर्च लाभग्राहीले व्यहोर्नुपर्ने कार्यविधिमा उल्लेख छ । यही आवमा निर्माण सम्पन्न गर्ने गरी जनता आवास निर्माण शुरु गर्न लागिएको कार्यालयले जनाएको छ ।
लाभग्राही आफैँले जोतभोग गरेको जग्गामा सरकारले जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माण गर्न लागेको हो । ‘जनता अवास कार्यक्रम’ दलित, विपन्न परिवार, सीमान्तकृत समुदायलाई लक्ष्य गरी आव २०६६/६७ बाट लागू गरिएको योजना हो । घरविहीन परिवारका लागि सङ्घीय सरकारले जिल्लामा ५० घर निर्माणका लागि रु एक करोड ७५ लाख विनियोजन गरेको छ ।
अहिले स्थानीय तहको सिफारिसका आधारमा लाभग्राहीसँग आवास निर्माणका लागि सम्झौता गर्ने काम भइरहेको कार्यालयका सबइञ्जिनीयर महेशकुमार वलीले जानकारी दिए । खासगरी दलित, विपन्न समुदायका लागि आवास निर्माण गरेर उनीहरुलाई आवासको सुविधा दिनु नै यसको उद्देश्य रहेको उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न
ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम
मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान
खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य
उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ...नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त...गलकोटमा केही दिनयता १८ घरमा तोडफोड र चोरी
गलकोट । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता...तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...
