Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नेकपा विभाजन : दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन् ।

आजको नागरिक दैनिकमा खबर छ - दुवै पक्षका नेताहरू जिल्लाजिल्लाबाट काठमाडौंमा रहेका कार्यकर्तालाई भेला गरेर पार्टी विभाजनको कारणबारे चर्चा गर्न र त्यसको औचित्य पुष्टि गर्न लागिपरेका हुन् ।

पार्टी विभाजनपछि दुवै पक्षले कार्यकर्ता आ–आफ्नो पक्षमा पार्न जिल्ला तहमै कसरत सुरु गरिसकेका छन् । काठमाडौंदेखि स्थानीय तहसम्म नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दुवै समूहले प्रभावशाली केन्द्रीय नेताहरू नै परिचालन गरेका छन् । दाहाल–नेपाल समूहले शनिबार सचिवालय बैठक राखेर संगठन विस्तार गर्ने र ओली पक्षमा रहेका नेता–कार्यकर्तालाई तान्ने विषयबारे छलफल गरेको छ ।

पार्टी विभाजनपछि त्यसको दोषी को हो भन्नेबारे नेता–कार्यकर्तालाई बुझाउन सकेसम्म सचिवालय सदस्य र नभए पनि स्थायी कमिटी सदस्यहरूलाई खटाउने भएको छ । ओली पक्षले भने यसअघि नै देशभर कार्यकर्ता भेला गर्ने र सबैजसो स्थानमा केन्द्रीय नेताले सम्बोधन गर्नेगरी कार्यतालिका तयार पारेर आफूनिकटका नेताहरूलाई पठाइसकेको छ ।

शनिबार ओली पक्षका नेता ईश्वर पोखरेलले काठमाडौं–५ का कार्यकर्तालाई सम्बोधन गरे। शंकर पोखरेलले लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई सम्बोधन गरे । त्यस्तै दाहाल–नेपाल समूहका सुरेन्द्र पाण्डेले धादिङका नेता–कार्यकर्तालाई सम्बोधन गरे। दाहाल–नेपाल समूहले हरिबोल गजुरेलको उपस्थितिमा सिन्धुलीका नेता–कार्यकर्तासँग छलफल गरे।

दुवै पक्षका नेताहरूले पार्टी विभाजन हुनुमा एकले अर्कालाई दोष थोपर्दै आफूहरू नै असल भएको साबित गर्न खोजेका छन् । पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा ओली पक्षका नेताहरूले दाहाल–नेपालले सरकारलाई काम गर्न नदिएको, आफ्ना मान्छे भर्ती गर्न दबाब दिएको, ओलीलाई राष्ट्रियतको पक्षमा काम गर्दा पनि समर्थन गर्न नसकेको, राष्ट्रपति र प्रधानमन्त्रीलाई हटाउने षड्यन्त्र रचेको आरोप लगाएका छन् ।

त्यस्तै दाहाल–नेपाल पक्षका नेताहरूले ओली सरकार भ्रष्टाचारको चंगुलमा फसेको, औषधिलगायत सामान खरिद गर्दा भ्रष्टाचार गरेको, भ्रष्टचारीलाई संरक्षण गरेको, संसद् विघटन गरेर लोकतन्त्र अपरहण गरेको, आफूलाई सर्वोच्च शक्ति ठानेको, आफूले जे गर्दा पनि हुने भन्ने सोच पलाएको र बिस्तारै मुलुकलाई निरंकुशतातिर धकेल्न खोजेकोजस्ता आरोप लगाएर पार्टी विभाजनको कारक तत्व ओली भएको आरोप लगाएका छन् ।

ओली पक्षका नेता ईश्वर पोखरेलले काठमाडौंको आफ्नै क्षेत्रका कार्यकर्ताहरूको भेला राखेर पार्टीभित्र समस्या आउनुको मुख्य कारण कार्यकारी अध्यक्ष दाहाल नै भएको आरोप लगाए । तर कार्यकारी अध्यक्ष दाहालले के–के कारणले पार्टीमा समस्या ल्याएको भन्नेबारे भने खुलाएनन् ।

उनले पार्टी एकता जोगाउन आफूले धेरै पहल गरे पनि सफल हुन नसकेको बताउँदै कार्यकर्तासँग माफी मागेका थिए । ‘मैले मेरो जिम्मेवारीअनुसार भूमिका खेल्दाखेल्दै पनि पार्टी एकता जोगिएन, यसर्थ म तपाईंहरूसँग माफी चाहन्छुु,’ पोखरेलले भने ।

त्यसैगरी आफूनिकट नेता–कार्यकर्ता भेला पारेर दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पार्टी विभाजन हुनुको कारण प्रधानमन्त्री ओलीको अहंकार भएको बताए । उनले प्रधानमन्त्री ओली आफैं राजा बन्ने कोसिस गरेको त्यसो नगर्न चेतावनी समेत दिए ।

धादिङबाट काठमाडौं आएका आफू पक्षका नेता–कार्यकर्ताको भेलामा नेता पाण्डेले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको विरोध गर्नुका साथै सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर जनतालाई न्याय दिने बताए । ‘सर्वोच्च अदालतले कसैको अनुहार हेरर भन्दा पनि कानुन हेरेर फैसला गर्ने भएकाले संसद् पुनःस्थापना हुने कुराका हामी ढुक्क छौं,’ नेता पाण्डेले भने । उनले पार्टी विभाजन हुनुमा प्रधानमन्त्री ओली दोषी रहेको बताए ।

ओली पक्षका नेता शंकर पोखरेलले पनि शनिबार नै लुम्बिनी प्रदेशका कार्यकर्ताको भेला गरी पार्टी विभाजन हुनुमा कार्यकारी अध्यक्ष दाहाल दोषी भएको बताए । उनले केपी ओलीको अनुहार देखाएर बहुमत प्राप्त जनमतलाई अपहरण गर्न खोजेपछि बाध्य भएर संसद् विघटन गर्नुपरेको बताएका थिए । ‘केपी ओलीविरुद्ध प्रस्तुत गरिएको अभियोगपत्र नै पार्टी विभाजनको कारण हो,’ नेता पोखरेलले भने ।

उनले पार्टी विभाजनको जिम्मा दाहाल–नेपाल समूहले लिनुपर्ने समेत जिकिर गरेका थिए । पार्टी एकताको मर्म र भावनाविपरीत ओलीलाई जसरी एक पक्षीय आरोप लगाइएको छ, त्यो नै पार्टी विभाजनको कारक तत्व भएको बताउँदै नेता पोखरेलले दाहाललाई कार्यकारी अध्यक्षबाट हटाइएको हुनाले नेताहरूलाई मूलघर फर्कन आग्रह गरेका थिए । ओली पक्षले भोजपुरका नेता–कार्यकर्तासँग पनि अन्तक्र्रिया गरेको थियो । ओली पक्षका नेता एवं पूर्वपर्यटनमन्त्री कृपासुर शेर्पा सो भेलामा सहभागी भएका थिए ।

त्यस्तै दाहाल–नेपाल पक्षका नेताहरूले सिन्धुली जिल्लाका नेता–कार्यकर्ताहरूसँग भेटघाट गरेका थिए । सांसद गणेश पहाडीलगायत नेताहरूको सहभागिता रहेको सो भेटघाटमा उनीहरूले पार्टी विभाजनबारे ओली दोषी रहेको निष्कर्ष निकालेका थिए ।

दाहाल–नेपाल पक्षका नेताहरूले शुक्रबार दोलखाका नेता कार्यकर्ताहरूको पनि भेला गरेका थिए । उनीहरूले पनि ओलीकै कारण पार्टी विभाजन भएको निष्कर्ष निकालेका थिए । ओली पक्षका नेताहरू महेश बस्नेतले शनिबार पोखरा र ललितपुरमा छुट्टाछुट्टै कार्यक्रममको आयोजना गरी दाहाल–नेपालविरुद्ध आक्रोश पोखेका थिए । उनले सूर्य चिह्न र पार्टीको सम्पत्तिमाथि आँखा नलाउन चेतावनी दिएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies