Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रधानमन्त्रीको गृह नगर दमकमा डेढ अर्बको १८ तले भ्यु टावर बनेपछि छेउछाउमा देखिनेछ यस्तो दृष्य

झापा । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सरकारले डेढ अर्ब लगानीमा सय मिटर अग्लो भ्यु टावर बनाउँदैछ । राष्ट्रिय गौरवको आयोजनामा समावेश १८ तले यो टावरको निर्माणले वरिपरिका सर्वसाधारणलाई भने हर्षभन्दा चिन्ता थपेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - भ्यु टावरको पश्चिमतिरको पर्खालसँगै जोडिएको टुकुरेबस्तीमा सय परिवार सुकुमबासीको बसोवास छ । ०२२ देखि त्यहाँ बसोवास गरिरहेका उनीहरूले अहिलेसम्म जग्गाधनी प्रमाण पुर्जा पाएका छैनन् । टावर बन्न थालेदेखि उनीहरूलाई त्यहाँबाट लखेटिने चिन्ताले मात्रै सताउँछ । सरकारले उनीहरूको व्यवस्थापनमा कुनै चासो देखाएको छैन ।

टुकुरेबस्तीकी ६५ वर्षीया भीमकुमारी विकले आँगनमै भ्यु टावर ठडिएपछि बस्तीबाटै हटाउँछ कि भन्ने चिन्ताले राति निद्रा पनि नलाग्ने बताइन् । यही बस्तीमा जीवनका पाँच दशक बिताइसकेकी उनले भोगचलन गरेको १२ कट्ठा जग्गाको फिल्डबुक भए पनि जग्गाधनी प्रमाणपुर्जा पाएकी छैनन् ।

‘आँगनमा भ्यु टावर त बन्यो नि ! तर, हामीलाई हर्ष न विस्मात ! जग्गा हुनेले जग्गाको भाउ पाए । उनीहरू धनी भए । हामी सुकुमबासीको के छ र !’ उनले भनिन्, ‘यहाँबाट पनि हटाउने रे भन्ने सुनेकी छु । यहाँबाट खेदायो भने यो उमेरमा कहाँ जानू ?’

स्थानीय राम भुजेलको चिन्ता पनि भीमकुमारीकै जस्तो छ । निर्माणाधीन भ्यु टावरको पर्खाल उनको घरसँगै जोडिएको छ । दमकका धेरै मान्छेले भ्यु टावरमा आर्थिक समृद्धि देख्दा उनीचाहिँ आफ्नै घर छोडेर हिँड्नुपर्ने हो कि भन्ने चिन्तामा छन् ।

‘अस्ति पनि अलिअलि जग्गा भ्यु टावरमा प¥यो । अब घर बाँकी छ । यो पनि भ्यु टावरसँगै जान्छ कि भन्ने चिन्ताले मात्रै सताउँछ,’ उनले भने, ‘धेरैले हल्ला गर्छन्, यहाँबाट हामीलाई उठाउँछ भनेर । भ्यु टावर आएर जीवनस्तर राम्रो हुन्छ भन्थे, हामीलाई त चिन्ता मात्रै थप्यो ।’

वेलावेलामा बस्तीमा आउने अपरिचित व्यक्तिहरूका कुराले स्थानीयलाई झन् धेरै अत्यास बनाउँछ । उनीहरू त्यो क्षेत्रमा एउटै खालका होमस्टे बनाउने भन्दै गफ गर्छन् । ‘एउटैखाले होमस्टे बनाउने भन्छन् । हामी सुकुमबासीसँग त पैसा छैन, कसरी बनाउँला ? हामीले बनाउन नसके यहाँबाट लखेट्ने रे !’ स्थानीय रणबहादुर भुजेलले भने, ‘०२२ सालदेखि खुनपसिना बगाएर बसेका हामीलाई त्यत्तिकै लखेट्न पाइन्छ र ?’

टावर बनिरहेको आँपगाछी गाउँको अवस्था पनि उस्तै दयनीय छ । सडक धुलाम्मे छ । स्थानीयले पिउन शुद्ध पानी पाएका छैनन्, ट्युुबेलको पहेँलो पानी पिउन विवश छन् । स्वास्थ्य सेवा लिन ६ किलोमिटर पूर्व दमक बजार धाउनुपर्ने बाध्यता छ । जनसरोकारका यस्ता महत्वपूर्ण विषयभन्दा सरकारको प्राथमिकतामा भ्यु टावर परेको छ ।

‘हामीले भोट दिएका नेता प्रधानमन्त्री बने । यहाँ भ्यु टावर पनि बन्दै छ । तर, हाम्रो जीवनचाहिँ अभाव र चिन्तामै बितेको छ,’ स्थानीय दिलमा भुजेलले भनिन्, ‘न खानेपानी आएको छ, न त राम्रो बाटो नै बनेको छ । अहिले पनि हामी ट्युुबेलको पहेंलो पानी पिउन बाध्य छौँ । खुसी त जग्गा किनबेच गर्ने दलालहरू भएका होलान् । जग्गाको भाउ बढ्यो नि त !’

दमक– ३ का वडाध्यक्ष नवीन बरालले भ्यु टावरवरिपरिका सुकुमबासी विस्थापित नभएर स्थापित हुने बताए । ‘उहाँहरू त्यहीँ स्थापित हुनुहुन्छ । सहरी विकास कार्यालयमार्फत चलेको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत त्यहाँका विपन्नले अब घर छाउन चाँडै जस्तापाता पाउँदै छन्,’ उनले भने, ‘उहाँहरू ढुक्क भएर बसे हुन्छ । कसैले पनि उहाँहरूलाई हटाउँदैन ।’

भ्यु टावरको २५ प्रतिशत काम सकियो

१५ महिनाअघि निर्माण सुरु भएको भ्यु टावरको काम २५ प्रतिशत पूरा भएको छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश यो टावरको लागत एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँ अनुमान गरिएको छ ।

अहिले टावरको तल्लो तला ढलाइको तयारी भइरहेको छ । लकडाउनमा सबै विकास निर्माणका काम रोकिए । तर, प्रधानमन्त्री ओलीको चासो रहेको यो टावरको काम केही दिन रोकिएपछि पुनः धमाधम थालियो । चिनियाँ कम्पनी जेडसिजिआइइसी र ललितपुरको आशिष ओम साइरामले टावर निर्माणको ठेक्का लिएका हुन् । भ्यु टावर सय मिटर अग्लो १८ तलाको हुनेछ । सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत निर्माण भइरहेको भ्यु टावर ०७९ पुससम्म सम्पन्न गर्ने योजना छ ।

भ्यु टावरको ७२ मिटरसम्म अवलोकन र व्यापारका लागि प्रयोग हुनेछ । त्यसभन्दा माथि मानिस जान नमिल्ने टावरको टुप्पो रहने सघन सहरी तथा भवन निर्माण कार्यालयका फिल्ड इन्चार्ज भूपेन्द्रकुमार यादवले बताए । ‘भ्यु टावरको १७औं र १८औं तलाबाट भ्यु हेर्न मिल्छ । अरू तला व्यापारिक प्रयोजनका लागि प्रयोग हुन्छन्,’ उनले भने, ‘साना पसलदेखि बैंक, रेस्टुरेन्ट, सेमिनार हलसम्म हुन्छन् ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies