


नयाँ जनादेशमा जानुको विकल्प छैन: मन्त्री रायमाझी


-
-
पुस ११ गते, २०७७ - २१:५७

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानाको विकल्प नरहेको बताएका छन् ।
ललितपुर क्षेत्र नं १ मा आज आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका दुवै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुनेछ भने । “यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो । हामी मिलेर पार्टी एकताको पहल गरौँ”, प्रचण्ड–नेपाल समूहतर्फ इङ्गित गर्दै उनले भने, “अन्तरविरोधको हलतिर लागौँ । हामी तपाईँहरुलाई अझै साथ दिन तयार छौँ । यदि हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानुबाहेक अन्य विकल्प छैन ।”
मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रमभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिध्याउन खोजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताए । उनले भने, “आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिश गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो ।”
नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ, चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ भने । अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको विवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गरे ।
नेकपाका केन्द्रीय सदस्य नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा,मधुसूदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...

प्रतिकृया लेख्नुहोस्:
- बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
- पूर्वजनमुक्ति सेनालाई प्रधानमन्त्रीको आश्वासन : अब विगतमा जस्तो धोका पाउनुहुने छैन
- प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने
- मलेशियाबाट १८ जना नेपालीको शव ल्याइयो
- राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- १४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
- ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
- तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड
- माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ
- ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल