


मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा सञ्चारमन्त्री गुरुङ


-
-
पुस ११ गते, २०७७ - २१:४३

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा जान थालिएको बताएका छन् । लिभिङ विथ आइसिटीले आज यहाँ आयोजना गरेको ‘पाँचौँ आइसिटी अवार्ड–२०२०’ कार्यक्रममा उनले मुलुकलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।
उनले राजनीतिक ‘सर्भिसिङ’ गर्न पाँच वर्षको प्रतिनिधिसभालाई तीन वर्षमा विघटन गरिएको बताए । “मोबाइल, कम्युटर जस्तै राजनीतिलाई पनि अहिले सर्भिसिङ चाहिएकोले हामीले पाँच वर्षको प्रतिनिधिसभा तीन वर्षमा नै विघटन गरेर सर्भिसिङ गर्न थालेका छौँ”, उनले भने, “राजनीतिक सर्भिसिङले मुलुकलाई नयाँ गति प्रदान गर्नेछ ।”
उनले अब राजनीतिक र औद्योगिक क्रान्तिलाई पनि सँगसँगै लगेर मुलुकको समृद्धि गरिने बताए । सूचना प्रविधिको क्षेत्रमा काम गर्न सरकारी र निजी क्षेत्रसँग मिलेर मात्र सम्भव भएको भन्दै मन्त्री गुरुङले चाँडै नै सूचना प्रविधि लगानी सम्मेलन गर्न थालिएको जानकारी दिए । सरकार प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विदेशमा रहेका सूचना प्रविधि क्षेत्रका विज्ञलाई स्वदेशमा नै फर्काउने तयारी भइरहेको बताए । उनले सूचना प्रविधिमा काम गर्नका लागि स्वदेश तथा विदेशका विज्ञलाई समेटेर प्रभूत्व समूह गठन गर्न थालिएको जानकारी दिए ।
मन्त्री गुरुङले सूचना क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले सूचना क्षेत्रमा नै काम गर्नका लागि कार्यविधि तयारी गरिरहेको बताए । पूर्वनिर्वाचन आयोग प्रमुख निलकण्ठ उप्रेतीले नेपालको प्रजातन्त्रलाई विद्युतीय प्रजातन्त्रमा लैजानुपर्ने बताए । उनले पायोनियर आइसिटी अवार्ड पाएका थिए । उनले अब हुने निर्वाचनमा विद्युतीय माध्यमबाट हुनुपर्ने बताए । अवार्ड संयोजक राजन लम्सालले सूचना प्रविधिका क्षेत्रमा काम गरेका व्यक्तिलाई सम्मान गर्न हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति
विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने
कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध
सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९...बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई
पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको...

प्रतिकृया लेख्नुहोस्:
- वाग्मती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने
- सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
- वाग्मती प्रदेशका तीन प्रहरी कर्मचारी निलम्बनमा
- आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न प्रचण्ड–नेपाल समूहको अपिल
- अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ
- चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
- ओली कम्युनिस्ट हुन लायकै छैनन, त्यसैले साधारण सदस्यबाटै निष्काशन गर्दैछौ : अध्यक्ष नेपाल
- सांसद किनबेचकाे खेल भएपछि प्रतिनिधिसभा विघटन भयो : प्रधानमन्त्री
- एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
- प्रधानमन्त्रीको प्रश्न : भारतीय पत्रकारले सगरमाथा खान्छु भनेको छर ?
- जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी
- नेम्वाङ र खरेलले बोलेका कुरालाई प्रमाणका रूपमा लिनुपर्छ : अधिवक्ता भट्टराई
- आइपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप, पहिलो चरणमा कसले पाउनेछन् ?
- संसद विघटनविरुद्धको मुद्दा: सभामुखले संसद बोलाउन सक्नुहुन्छ, राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्छ
- नेपाल आइपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप