


इथियोपियामा सशस्त्र समूहसँगको झडपमा परी मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो


-
-
पुस ११ गते, २०७७ - १७:५९

इथियोपिया । इथियोपियामा पछिल्लो केही दिन भएका सशस्त्र समूहसँगको झडपमा परी मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुगेको छ ।
देशको पश्चिमी क्षेत्रमा पर्ने बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरिएको थियो । त्यही घटनामा परी मृत्यु हुनेहरुको सख्या बृद्धि हुदै गएर २०७ पुगेको अधिकारीहरुले जनाएका छन् ।
मृत्यु भएका मध्ये १३३ बयस्क उमेरका पुरुष रहेका छन् भने ३५ जना बयस्क महिला रहेका छन् । त्यसैगरी २० जना २० जना बृद्धबृद्धा र १७ जना बालबालिका रहेका छन् । एक जना ८ महिने शिशु रहेको अधिकारीहरुले जनाएका छन् । इथियोपियाली मानव अधिकार आयोगले मृतकको सङ्ख्यामा बृद्धि हुदै गएको शुक्रबार जनाएको । मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ ।
आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ ।
यस्तो द्वन्द्वका बीचमा इथियोपियामा आगामी जुन महिनामा गर्ने गरी संसदीय निर्वाचनको घोषणा गरिएको छ । निर्वाचन आयोगले अर्को वर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।
सन् २०२० मै निर्वाचन गर्ने तालिका भएपनि कोरोनाभाइरसको महामारीका कारण अहिले निर्वाचन हुन नसकेर अर्को बर्ष गर्ने तय भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...बेलायतका राजदूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...वन सुधार गर्न प्राविधिकको माग
काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...तनहुँ कालिका मन्दिर परिसरमा चौध बोरा फोहर
तनहुँ । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको गन्तव्यका रुपमा सूचीकृत गरेको तनहुँ कालिका मन्दिर...भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती
ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल...सुडान झडपमा ८० भन्दा बढीको मृत्यु
सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै
उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...
