


मुलुक संकटमा परेको मौकामा नक्कली भ्याट बिल बनाएर २० करोड रुपैयाँ राजस्व छली


-
-
पुस ११ गते, २०७७ - ०८:००

काठमाडौं । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको श्रृंखला रोकिएको छैन ।
आजको राजधानी दैनिकमा खबर छ – मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार अनुगमन कार्यलाई तीव्रता दिएको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर करिब २० करोड रुपैयाँ राजस्व छलेको फेला पारेको छ ।
विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी करोडौं रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी र व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले राजस्व छलीको आरोपमा विभिन्न कम्पनीका सञ्चालक र कारोबारीसहित पाँच जनाविरुद्ध राजस्व छलिएको रकम बराबर बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरूमाथि कुल १९ करोड ९६ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानको क्रममा राजस्व छलिएको रकमसहित बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।
विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट बिल) बिजक प्रयोग गरी राजस्व छली गर्ने कविला सप्लायर्स सेन्टरका नवलकिशोर चौधरीलाई २ करोड १४ लाख ३० हजार २ सय ३८ रुपैयाँ, शिवम प्याकेजिङ एन्ड सप्लायर्सका सञ्चालक सीतादेवी जयसवालबाट ५ करोड ८८ लाख ६५ हजार ९ सय १९ रुपैयाँ र गौतम सप्लायर्सका मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख १६ हजार १ सय ८८ रुपैयाँ गरी १३ करोड ३५ लाख १२ हजार ३४५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कोरोना खोप अभियान उत्साहजनक, पहिलो दिन ९ हजार ८४ जनाले लगाए
तीन महिनाभित्र सबैलाई निःशुल्क : प्रधानमन्त्री काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार...अम्लीय जातका फलफूल निर्यात गर्न चीनले दिएन अनुमति
काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको...सरेको सर्यै रेल सञ्चालनको मिति
काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा...भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...
