Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजूरी बढ्दै

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहमा भ्रष्टाचार भएका उजूरी बढिरहेका छन् ।

पछिल्लो समय यहाँका स्थानीय तहमा भ्रष्टाचार बढिरहेका उजूरी आउनेक्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा अख्तियारमा ४३२ उजुरी दर्ता भएका छन् । आयोगको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले दर्ता गर्न आउने अधिकांश उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको जानकारी दिए । जनप्रतिनिधि तहमा आफू अनुकूल हुने दरबन्दी मिलानलगायत स्थानीय तहको अधिकार दुरुपयोग गरिरहेकोलगायतका शीर्षकमा उजूरी बढ्दै गएका छन् ।

“पछिल्लो समय आयोगले पनि आफ्नो सक्रियता बढाएको छ”, उनले भने, “नागरिक चेतनशील भएका कारण उजूरी बढ्दै गएका हुन् ।” स्थानीय तहमा पनि शिक्षा तथा वन कार्यालयसम्बन्धी उजूरी धेरै छन् । आयोगका अनुसार गत वर्षको तुलनामा उजूरीको सङ्ख्यामा वृद्धि भइरहेको छ । “यस प्रदेशमा सबैभन्दा बढी कैलालीे र सबैभन्दा कम बाजुरा जिल्लाका उजूरी छन् ।” सूचना अधिकृत जोशीले भने, “चालू आवको पहिलो चौमासिकमा बाजुराका १६, बझाङका ४२, दार्चुलाका ३५, बैतडी ३८, डडेल्धुरा २९, डोटी ६२, अछाम २७, कैलालीका ९२, कञ्चनपुर ९० र स्थान नखुलेको एकगरी हालसम्म ४३२ उजुरी दर्ता भएका छन् ।”

गत आव आयोगमा ९१२ उजूरी दर्ता भएका थिए । तीमध्ये आयोगले ७४१ दर्ता उजूरी फछ्र्यौट गरेको जोशीको भनाइ छ । आयोगले गरेको २७ स्ट्रिङ अपरेसनबाट रु ४० लाख ५५ हजार ६५० नगदसहित ४४ जना थलोमै पक्राउ परेका छन् । भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्घसंस्थाले सचेतनाको कमीका कारण यहाँ भ्रष्टाचार बढेको जनाएका छन् ।

नागरिक निगरानी संस्था कञ्चनपुरका सचिव कोमलनिरञ्जन भाटले सचेतनाको कमीका कारण सुदूरपश्चिममा भ्रष्टाचारसम्बन्धी उजूरीको सङ्ख्या बढेको बताए । “भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्घसंस्थाको पहुँच पनि न्यून छ”, सचिव भाटले भने, “राज्यको उपस्थिति भए पनि भ्रष्टाचारविरुद्धको सचेतनाको कमी छ ।” उनले भ्रष्टाचार हुन नदिने वातावरण सिर्जना गर्नुपर्ने जोड दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies