Khabar Dabali Logo
  January 28, Thu

भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगाती महेश्वरी पेट्रोल पम्प नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान करीब २ः१५ बजे अरनिको राजमार्ग खण्डमा ११ वटा भैँसी बोकेर आएको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जगातीबाट सूर्यविनायकतर्फ जाँदै गर्दा ना ६ ख ३९८२ नंको ट्रक अनियन्त्रित भई दुर्घटना भएर पल्टिँदा ट्रक चालक वीरगञ्ज महानगरपालिका–१२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको ट्रकको ढोकामा च्यापिएको अवस्थामा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुर पठाइएको उनले जानकारी दिए ।

पुस १० गते, २०७७ - १५:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार

जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार

जाजरकोट । कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु,...   

जिल्लामा हुने सबै घरेलु हिंसामा मिलापत्र

चितवन । जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको...   

सिम्रौनगढ स्वास्थ्य शिविरमा १३९ बालबालिकाको उपचार

काठमाडौँ । नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको...   

श्रीमतीलाई बञ्चरो प्रहार गर्ने ४४ वर्षीय शेरबहादुर पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय...   

अग्निपीडितलाई राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँमा

कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज अग्निपीडितलाई राहत...   

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

चितवन । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...   

राँगोले हान्दा ७२ वर्षीय वृद्धको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी...   

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...   

३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला

मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...   
ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ

ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ

झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top