


युरोपेली युनियन र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता सम्पन्न


-
-
पुस १० गते, २०७७ - १५:०७

ब्रसेल्स । बेलायत र युरोपेली युनियनबीच बिहीबार नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा बेलायत र युरोपेली युनियन (इयू)बीच दश महिनादेखि जारी वार्ता सहमतिमा टुङ्गिएको हो ।
नयाँ वर्षको आगमनसँगै बेलायत औपचारिक रुपमा इयूबाट अलग हुनेछ । झण्डै आधा शताब्दीदेखि इयूमा आबद्ध बेलायतले पछिल्लो सम्झौता बमोजिम इयूबाट अलग भएसँगै इयूसँगको व्यापारमा करका प्रावधानहरु सामना गर्नु पर्नेछ ।
सम्झौतापछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भने, “हामीले हाम्रा कानुन र हाम्रो भविष्यलाई पुनः फिर्ता ल्याएका छौं ।”
उता युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन लियेन भने निकै सचेत देखिनु भएको थियो । अंग्रेजी नाट्यकार विलियम शेक्सपियरको “विभाजन एक मीठो दुःख हो” भन्ने उक्ति उद्धृत गर्दै उर्सुलाले भने, “मध्यस्थताको सफल यात्राको अन्त्यमा मैले पनि खुशी अनुभव गरेको छु । तर आज, म शान्त छु, अझ खुलेर भन्नुपर्दा मैले सन्तोषको श्वास फेर्न पाएकी छु ।”
उनले अझै पनि २७ मुलुक युरोपेली युनियनमा आबद्ध रहेका र झण्डै ४ करोड ४० लाख युरोपेलीले युनियनलाई नै विश्वास गरेकामा आभार व्यक्त गरे ।
उनले भने, अब हामीले ब्रेक्जिटका कुरा छाड्ने दिन आइसक्यो । हाम्रो भविष्य युरोपमै छ ।
बेलायतले सन् २०१६ को जनमतसंग्रह पछि नै युरोपेली युनियन छाडेको थियो । दोस्रो विश्वयुद्धबाट थिलथिलो भएको युरोपको पुनर्निर्माण र राजनीतिक तथा आर्थिक परियोजनालाई सफल तुल्याउन इयू बनेको थियो ।
तर लन्डन अझै पनि डिसेम्बर ३१ को मध्यरातसम्म इयूका नियमहरुभित्रै रहने छ । तर त्यसपछि बेलायत युरोपेली युनियनको एकल बजार र भन्सार युनियनबाट विदा हुनेछ ।
करिब दुई हजार पृष्ठको ब्रेक्जिट सम्झौतामा माछा मार्ने विषय निकै पेचिलो मुद्दा बनेको थियो । बेलायतको समुद्री जलक्षेत्रमा युरोपेली युनियनका मुलुकका नागरिकलाई माछा मार्न पहुँच दिने वा नदिने भन्नेमा निकै लामो बहस भएको थियो ।
बेलायती प्रधानमन्त्री जोन्सनले इयूसँगको सम्झौता पूरै युरोप र हाम्रा साझेदार सबै मुलुकका लागि निकै सकारात्मक रहेको बताए ।
ब्रेक्जिटमा सम्झौता भएलगत्तै आइरिस प्रधानमन्त्री माइकल मार्टिनले सम्झौता त्यति खराब नरहेको प्रतिक्रिया दिए ।
जर्मन चान्सलर एन्जेला मर्केलले सम्झौताले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले युरोपेली मुलुकहरुको एकता र दृढता विजयी भएको बताए ।
सम्झौताको दस्तावेजलाई अब युरोपेली युनियनमा आबद्ध सबै २७ मुलुकमा पठाइने युरोपेली आयोगकी अध्यक्ष लियेनले जानकारी दिए ।
यस सम्झौतालाई युरोपेली राष्ट्रले अध्ययन गर्नेछन् भने बेलायतमा डिसेम्बर ३० का दिन सम्झौतामा मतदान हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...
