Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बालविवाहमुक्त वडा निर्माणका लागि सक्रिय हुँदै स्थानीय तह

बाँके । बालविवाहरहित समाजको विकास गरी सभ्य र समृद्ध जिल्ला निर्माणमा बाँकेका स्थानीय तह सक्रिय भएका छन् ।

किशोरी क्लबसँगको सहकार्यमा यहाँका स्थानीय तहले बालविवाहरहित समाजको निर्माणमा सक्रियता देखाएका हुन् ।

खजुराको लगनशील किशोरी क्लबमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले जिल्ला परिषद्ले बालविवाहमुक्त जिल्ला घोषणा गर्ने प्रस्ताव पारित गरिसकेको जानकारी दिए । उनले अशिक्षाका कारण बालविवाह नघटेको जिकिर गर्दै बालिका शिक्षाका लागि जिससले जिल्लाका पाँचवटा स्थानीय तहमा छात्रा मात्र पढ्ने विद्यालयका लागि सहयोग गर्न लागेको जानकारी दिए ।

त्यसैगरी खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक र नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले बालविवाह न्यूनीकरण गर्दै बालविवाहमुक्त घोषणाबारे स्थानीय तहको तयारीबारे जानकारी गराए । खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकाको वडा नं १, २, ३ र ४ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको बताए ।

उनले अन्य वडामा भने बालविवाहबारे सचेतनामूलक कार्यक्रमको खाँचो रहेको बताउँदै बालविवाह न्यूनीकरणका लागि किशोरी क्लबले योजना ल्याएमा बजेट नै विनियोजन गर्ने प्रतिबद्धता जनाए । नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले नगरका सबै वडामा किशोरी क्लब गठन गर्ने र क्लबको संस्थागत विकास गरी बालविवाहमुक्त वडा घोषणा गरिने बताए ।

बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेशनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा स्याक नेपाललाई बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न सहयोग गरेको छ । सो परियोजनाले आगामी ६ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वडालाई बालविवाहमुक्त घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

प्लानको कर्णाली प्रदेश क्षेत्रीय प्रबन्धक मीना पराजुलीले बालविवाह न्यूनीकरणका लागि किशोरी क्लबलाई प्रभावकारी योजना बनाएर ल्याउन आग्रह गरे । लगनशील किशोरी क्लबको अध्यक्ष मञ्जु थापा मगर र कोषाध्यक्ष चेतना क्षेत्रीले बालविवाह न्यूनीकरणका लागि क्लबका पदाधिकारीको क्षमता अभिवृद्धि सम्बन्धी तालीम प्रदान गरिएको जानकारी दिए ।

परियोजनाले आगामी ६ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वटा वडा बालविवाहमुक्त घोषणा गर्ने तयारी गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies