Khabar Dabali Logo
  January 15, Fri

पाएनन् कृषकले तेजपातको मूल्य

उदयपुर । तेजपातका मूल्यमा विचौलियाले गरेको चलखेलका कारण कृषक मारमा पर्दै आएका छन् । प्रदेश नम्बर १ मा सबैभन्दा वढी यस जिल्लामा तेजपात उत्पादन हुनेगर्दछ ।

जिल्लाभित्र र बाहिरका विचौलिया आएर तेजपातको मूल्य निर्धारण गर्दा कृषकले उचित मूल्य नपाएको बताइएको छ । प्रतिकिलो रु २५ देखि रु ४० भन्दा बढीमा बिक्री हुन नसक्दा आफूहरु समस्यामा परेको रौतामाई गाउँपालिका–१ मुर्कुचीका दिव्यराज बुर्जामगरले जानकारी दिए ।

उनी भन्छन्, “दश वर्षदेखि आफूहरुले रु २५ देखि रु ४० प्रतिकिलो बिक्री गरेको तेजपात अहिले पनि विचौलियाको कारण उही मूल्यमा बिक्री गर्न बाध्य हुन परेको छ ।” स्थानीय बजारका विचौलिया गाउँमा प्रवेश गरेर मूल्य निर्धारण गर्ने र सस्तोमा बिक्री गर्न बाध्य बनाउने गरिएको बताइएको छ । उनीहरुले बाहिरका व्यापारीलाई प्रतिकेजी रु ६० देखि रु ७० भन्दा बढीमा तेजपात बिक्री गर्ने गरेको रौतामाई–४ मलबासेका कृषक रत्नबहादुर मगरातीले जानकारी दिए ।

रौतामाई गाउँपालिका नामन्तका राजकुमार मगरले भने, “स्थानीय तहका व्यापारी, ठेकेदारले बाहिरबाट आउने खरीदकर्तालाई छेकेर आउनै दिँदैनन्, अनि पहिला उनीहरुले हामीहरुबाट सस्तोमा खरीद गरेर महँगो मूल्यमा बाहिरका व्यापारीलाई बिक्री गर्दछन्, तेजपात उत्पादन गर्ने हामी कृषक यसरीनै वर्षेनी मारमा पर्दै आएका छौँ, अहिलेसम्म उचित मूल्य पाउन सकिएको छैन ।”

गढी गाउँपालिका–३ का धनबहादुर तामाङका अनुसार स्थानीय विचौलिया ठेकेदारले आफूहरुबाट रु ३० प्रतिकिलो तेजपात खरीद गरेर बाहिरका व्यापारीलाई दोब्बर नाफा लिएर बिक्री गर्ने गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घले तेजपातको मूल्य वृद्धिमा उचित चासो नदिँदा बढी ठगिनुपर्ने र मर्कामा पर्नुपर्ने अवस्था रहेको कटारी–७ हर्देनीका कृषक शेषराज खत्रीले बताए ।

रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले किसानलाई तेजपातको उचित मूल्य दिन सहयोग गर्ने जानकारी दिए । जिल्लाको पहाडी क्षेत्रको रौता, उदयपुर गढी, ताप्ली, कटारी र त्रियुगा नगरपालिकाको साउने खाँबु क्षेत्रमा उत्पादन हुने तेजपात विराटनगर, वीरगञ्ज हुँदै भारततिर बिक्री हुने गरेको कृषक बताउँछन् । जिल्लामा दश हजार हेक्टर क्षेत्रफलमा तेजपात खेती हुँदै आएको छ भने वार्षिक छ लाख केजी तेजपातसमेत उत्पादन हुँने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले जानकारी दिए । जिल्लामा वार्षिक रु आठदेखि दश करोडसम्मको तेजपातको बिक्री तथा कारोवार हुँदै आएको छ ।

पुस १० गते, २०७७ - १४:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो

पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...   

मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ

भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...   

पाइपलाइनमा समस्या छैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...   

फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल

वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि...   

मुख्यमन्त्री राउतद्वारा सङ्क्रान्ति तथा माघी पर्वको शुभकामना

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख,...   

मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् : निर्वाचन आयोग

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी...   

रेलमार्ग विस्तारमा अवरोध

विरगञ्ज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय...   

ढोरपाटनका वडाध्यक्ष पुन पक्राउ

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान...   

प्रदेश नं. १ मा २५ जना कोरोना सङ्क्रमित थपिए

बझाङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा...   
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

रसुवा । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top