Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अख्तियारमा ३० वर्षयताकै धेरै भष्टाचारका मुद्दा, ४४१ भष्टाचार मुद्दामध्ये २०५ वटा घुसका

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षको तुलनामा यस वर्ष विशेष अदालतमा धेरै मुद्दा दर्ता गरेको छ । ३० वर्षको इतिहासमा आर्थिक वर्ष २०७६–७७ मा अहिलेसम्मकै धेरै ४४१ वटा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गरेको जनाएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - आयोगको स्थापनादेखिको इतिहासमा अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’ भएको हो । आयोगले यसअघि आर्थिक वर्ष २०७५–७६ मा ३ सय ७५ वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले बिहीबार राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनअनुसार विशेष अदालतमा दर्ता भएका धेरै मुद्दा घुससँग सम्बन्धित छन् ।

आयोगले अहिलेसम्मकै इतिहासमा रेकर्ड ब्रेक भनेको मुद्दामध्ये रंगेहात पक्राउ गरेर चलाइएका मुद्दा धेरै छन् । जसलाई आयोगले आफ्नो ठूलो सफलता मानेको छ । आयोगले आर्थिक वर्ष २०७६–७७ मा २०५ वटा रिसवत घुससँग जोडिएको मुद्दा दर्ता गरेको जनाएको छ ।

त्यस्तै नक्कली शैक्षिक प्रमाणपत्रतर्फ ८५ वटा, सार्वजनिक सम्पत्ति हानि नोक्सानीतर्फ ७५ वटा, गैरकानुनी लाभतर्फ ३६ वटा, राजस्व हिनामिनातर्फ १२ वटा, गैरकानुनी सम्पत्ति आर्जनको १८ वटा मुद्दा विशेष अदालतमा दर्ता भएको छ । त्यस्तै विविध विषयमा १० वटा मुद्दा दर्ता भएको छ ।

अख्तियारले स्थापनादेखि विशेष अदालतमा २ हजार ८७८ वटा मुद्दा दर्ता गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । सोअनुसार औसतमा प्रतिवर्ष ९६ वटा मुद्दा अदालतमा दर्ता हुने गरेको छ । त्यस्तै आयोगले २०७६र७७ मा दर्ता गरिएका मुद्दामध्ये १९७ वटा मुद्दामा फैसला भएको जनाएको छ ।

फैसला भएका मुद्दामध्ये १६७ अर्थात् ८४.८ प्रतिशत मुद्दामा भ्रष्टाचार प्रमाणित भएको थियो । विशेष अदालतको फैसलाविरुद्ध आयोगले २० वटा मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेको र २ वटामा पुनरावलोकन भएको जानकारी दिएको छ । अख्तियारले यसअघि आर्थिक वर्ष २०७५–७६ मा २४ हजार ४८ उजुरीमध्ये १५ हजार ६११ उजुरी फछ्र्योट गरेको थियो ।

जसमध्ये ९२१ उजुरीको विस्तृत अनुसन्धान गरेको थियो । सोही अवधिमा गत आर्थिक वर्षमा १९ हजार ४ सय ८८ उजुरीमा १२ हजार ४ सय उजुरी फछ्र्योट गरेको थियो । अख्तियारमा सबैभन्दा थोरै आर्थिक वर्ष २०४८–४९ र २०५१–५२ मा एक एक वटा मात्रै मुद्दा दर्ता भएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies