Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अलमलमा सभामुख

काठमाडौं । प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयको छिनोफानो सर्वोच्च अदालतले गर्ने नै छ । प्रतिनिधिसभा विघटनको संकेत दुईचार दिनअघि नै देखिएको थियो । तर त्यतिबेला मौन बसेका सभामुख अग्नि सापकोटा विघटनपछि सक्रिय भएर के गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

आजको नागरिक दैनिकमा खबर छ - प्रतिनिधिसभा विघटनपछि विशेष अधिकार प्रयोग गरेर संसद् बोलाउने विषयमा उनले छलफल मात्र गरेनन्, बुधबार विज्ञप्ति जारी गरेर संसद् विघटन गलत भएको र उच्चस्तरीय राजनीतिक छलफलको आवश्यकता रहेको पनि बताए । उनले अविश्वासको प्रस्ताव साढे ३ बजे नै दर्ता भएको भन्ने विज्ञप्ति जारी गर्न संसद् सचिवालयलाई निर्देशन दिए । अब सभामुखको भूमिका के त भन्ने ज्वलन्त प्रश्न उठेको छ ।

‘सभामुखले अब खेल्ने भूमिका नै के छ र ? उहाँले संसद् बोलाएर हुँदैन, ओली पक्षका सांसद गएनन् भने के हुन्छ ?’ पूर्व सभामुख दमननाथ ढुंगानाले भने, ‘त्यो बाटोले पनि सभामुखलाई राम्रो गर्दैन । उहाँले संसद् विघटन हुने हल्ला चल्ना साथ प्रधानमन्त्री र राष्ट्रपतिलाई गुहार्नु पथ्र्यो ।’ त्यसो गर्न नसक्दा सभामुख चिप्लिएको उनको भनाइ छ । ‘अब सक्रियता देखाएर उहाँले केही गर्न सक्नु हुन्न,’ ढुंगानाले भने ।

सभामुख कार्यकक्षमै भएका बेला संसद्मा अविश्वासको प्रस्ताव आउँदा दर्ताको समय दुईथरी हुनुको कारण के हो ? किन यस्तो भइरहेको छ ? सभामुखले सदर गरेर पठाउने कुरा कति बेला भएको थियो ? सभामुखले आफूले सदर गरेको कुरा किन भन्न सकेनन् ? अहिले यस्ता प्रश्न उठिरहेका छन् । नेकपाका भीम रावल, पम्फा भुसाल, देव गुरुङ अविश्वासको प्रस्ताव लिएर सभामुखको कार्यकक्षमा पुगेका थिए ।

अविश्वासको प्रस्ताव पुस ५ गते पहिलोचोटि १० बजेर ३० मिनेट जाँदा, त्यसपछि १० बजेर ५० र त्यसपछि ३ बजेर ३० मिनेट जाँदा दर्ता भयो भन्ने कुरा किन आयो ? यस विषयमा अदालतमा प्रश्न उठ्न सक्ने एक नेताले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies