


सुन्तलाको बढ्यो उत्पादनः घट्यो बजार


-
-
पुस ९ गते, २०७७ - १४:५०

वालिङ । स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुनेभएको छ ।
गत वर्ष नौ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्सालले बताए । सुन्तला सुपरजोन क्षेत्रमा गत वर्षको तुलनामा यसवर्ष ६०० मेट्रिक टन बढी सुन्तला उत्पादन हुने अनुमान छ ।
स्याङ्जामा सुन्तला सुपरजोनअन्तर्गत एकहजार ३४८ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ । जसमध्ये ८०८ हेक्टर क्षेत्रफलमा रहेको बगैँचाले उत्पादन दिने गरेको छ भने ५४० हेक्टर क्षेत्रफलमा सुन्तलाका बिरुवा लगाइएको प्रमुख लम्सालले बताए । सुपरजोनअन्तर्गत यसवर्ष ३० हेक्टर क्षेत्रफल वृद्धि गरी सुन्तलाका बिरुवा लगाउने लक्ष्य कार्यालयको रहेको प्रमुख लम्सालको भनाइ थियो । “गतवर्ष सुन्तला बिक्रीबाट सुपरजोन क्षेत्रभित्र मात्रै रु ३५ करोड आम्दानी भएको थियो, यसवर्ष कति हुन्छ, यकिन छैन ।” प्रमुख लम्सालले भने, “यसवर्ष कोभिड–१९ सङ्क्रमणका कारण सुन्तलाले बजार नपाउँदा किसान चिन्तित हुनुहुन्छ ।”
हालसम्म सुपरजोन लागू भएका क्षेत्रभित्र उत्पादन भएका सुन्तलामध्ये १५ प्रतिशत मात्रै बिक्री भएको तथ्याङ्क कार्यालयसँग छ । “स्याङ्जामा उत्पादन भएको सुन्तलालाई प्याकेजिङ र ग्रेडिङ गरेर चीन लैजाने सम्झौता भएको तर कोभिडका कारण निरीक्षणका लागि चीनबाट टोली नआएकाले प्रक्रिया अगाडि बढ्न सकेको छैन” प्रमुख लम्सालको भनाइ थियो ।
विगत वर्षमा आन्तरिकरुपमा सुन्तला बिक्री हुने गरेकोमा यसवर्ष कोभिड– १९ का कारण सुन्तलाको बिक्री घटेको हो । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको दायाँबायाँ बाटोबाटै धेरैजसो सुन्तलाको खपत हुने गरेकोमा यस वर्ष सवारी साधन कम सञ्चालन हुनु, सुन्तलाले चिसो हुने र कोभिडको जोखिम बढ्ने भन्ने गलत बुझाइका कारण पनि सुन्तला कम मात्रामा खपत भएको उनको भनाइ छ ।
स्याङ्जाका एघार पालिकामध्ये पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा सुन्तला सुपरजोन क्षेत्र घोषणा भई कार्यान्वयनमा रहेको छ । पुतलीबजारका १, २, ३, ७, १०, ११, १३, १४ वालिङको ४ नं वडा, भीरकोटको १,२,३,६,७,८ नं। वडा तथा अर्जुनचौपारी गाउँपालिकाको १, २ वडा सुन्तलाका पकेट क्षेत्र हुन् । सुन्तला सुपरजोन लागू भएका क्षेत्रमा किसान समूह ११५, निजी फार्म ७५ र सहकारी १३ वटा गरी कूल २०३ संस्था सूचिकृत भएका छन् । जसमा तीन हजार २५९ सदस्य आबद्ध रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
सप्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन...प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका...बुबाले गरे आफ्नै २ वर्षीया छोरीको घाँटी थिचेर हत्या
अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । शितगङ्गा–२,...सवारी दुर्घटनामा २० वर्षीय युवकको मृत्यु
काठमाडौँ । धादिङ, बेनिघाटरोराङ गाउँपालिका ५ बादरेमोडस्थित सडकमा बा.८४ प १५७१ नम्बरको मोटरसाइकल र प्रदेश...प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
झापा । शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा...गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण
ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई...चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’
पोखरा । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’...भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि...अमेरिका प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ चाहिने
वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो...चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता
बेइजिङ । चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी...

प्रतिकृया लेख्नुहोस्:
- भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
- प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
- हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
- पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल
- विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश