


अन्ततः प्रचण्ड-नेपाल छोडेर ओलीतिर ढल्के बादल, अन्य नेताले भने साथ दिएनन्


-
-
पुस ९ गते, २०७७ - ११:४२

काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा विभाजनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षतिर लागेका छन्।
संसद विघटनको चार दिनसम्म चुपचाप रहेका बादलले अन्ततः ओलीलाई रोजेका हुन्।
बादल ओली पक्षमा लागेको बादलनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए। प्रचण्ड(नेपाल पक्षलेसमेत बादल ओलीतिरै गएको बताएको छ।
‘बादल बालुवाटारका भइसक्नुभयो। हिजो राति उहाँले ओलीलाई साथ दिने निर्णय गर्नुभएको हो,’ बादलनिकट ती केन्द्रीय सदस्यले भने,‘उहाँको कदमलाई कुनै पनि नेताहरूले साथ दिएका छैनन्।’
बादल ओलीतिर जाँदा भने एक्लै गएका छन्। उनका राजनीतिक सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’सहित उनको पूर्वसमूहमा रहेका सबै नेताहरू प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा लागेका छन्।
यसअघि बादललाई आफ्नो पक्षमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक मन्त्रीक्वार्टर पुल्चोक पुगेका थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ओली जुन तरिकाले आउँछन्, हामीहरू त्यही ढंगले अघि बढ्छौं : प्रचण्ड-नेपाल समुह
prachanda-nepal काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा...सुनको मूल्य घट्यो, तोलाको कतिमा झर्याे ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा...सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि
सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२०...स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा...देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रकम गुम्यो
काठमाडौं । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...

प्रतिकृया लेख्नुहोस्:
- नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
- सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
- माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना
- दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम
- सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
- यस्तो छ वामदेव गौतमको ‘नेकपा एकता राष्ट्रिय अभियान’को अवधारणापत्र (पूर्णपाठ)
- सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी
- तीन महिनाभित्र सबै नेपालीलाई निशु्ल्क खोप लगाइसकिन्छ : प्रधानमन्त्री ओली
- थप खोप ल्याउने पहल भइरहेको छ : प्रधानमन्त्री ओली
- आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु, प्रधानमन्त्रीले भर्चुअल विधिबाट शुभारम्भ गर्ने