


नेकपा र सूर्य चिह्न कसको होला ?


-
-
पुस ९ गते, २०७७ - ०८:३८

काठमाडौं । पार्टीका दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला ? विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्–
१. ओली समूहको
२. दाहाल–नेपाल समूहको
३. कसै न कसैको (निलम्बन हुने)
यसका आधारमा तीनै किसिमका वस्तुस्थिति छन्–
१. ओलीतिर प्रथम अध्यक्ष र महासचिव सहितको निर्णय छ।
२. दाहाल–नेपालतिर साविक केन्द्रीय कमिटीको बहुमत छ।
३. मनोनीतबाटै चलिरहेको दलमा ओलीतर्फ थप सदस्य मनोनयन गरिएका (४४६ बाट ११९९ पु¥याइएका) छन्, जसको बहुमत उक्त खेमामा पुग्छ।
दुवै खेमा निर्वाचन आयोग पुगेका छन्। यसको निक्र्योल अब आयोगले गर्नेछ। त्यसमा कुन तहका नेता र कुन केन्द्रीय समितिलाई आधार मान्ने भन्ने उसैले विश्लेषण गर्नेछ।
निर्वाचन विज्ञहरू पहिला कुन केन्द्रीय समिति आधिकारिक भन्ने टुंगो लगाएर मात्र आधिकारिकता प्रदान हुन सक्ने ठान्छन्। ‘एउटाले ११९९ जनाको केन्द्रीय समिति भनेको छ, अर्को पक्षले ४४६ जनाको। दुवैले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन्’, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, ‘कुन वैध कुन अवैध र पदाधिकारी को–को हुन् भन्ने नै विवादको प्रमुख जड हो।’
पोखरेलका अनुसार राजनीतिक दलसम्बन्धी कानुनमा विवाद उत्पन्न हुनुअघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलका रूपमा दर्ता गर्न सक्ने व्यवस्था छ। तर, विवाद कुन बिन्दुलाई मान्ने भन्नेमा नेकपामा अर्को विवाद छ।
पूर्वप्रमुख आयुक्त पोखरेलले दलको छाप, निर्वाचन चिह्न, विधान र झण्डा आधिकारिकता प्राप्त दलको हुने बताए। सम्पत्ति भने सहमतिमा बाँडफाँट गर्न सकिने व्यवस्था छ।
पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङको राय पनि उस्तै छ। ‘सदस्य को–को हुन्, त्यो टुंगो लगाउनुपर्छ। त्यसपछि कुन समूहमा बहुमत हुन्छ, त्यसैले आधिकारिकता पाउँछ’, उनले भने। उनका अनुसार कसलाई आधिकारिकता दिने भन्दा पहिला उनीहरूले पेस गरेका प्रमाण, विगतका नजिर, विगतका सर्वसम्मत निर्णयजस्ता आधार हेरिनुपर्छ। ‘कहिले विवाद उठ्यो भन्ने विषय महत्वपूर्ण हुन्छ। दुवै पक्षलाई आफ्ना तथ्य प्रमाण पेस गर्न सूचित गर्नुपर्छ। दुवै राखेर सहमतिको प्रयास गर्नुपर्छ। सहमति नभए ठोस आधार प्रमाण माग्नुपर्छ। ठोस प्रमाण आधार पुगेकालाई आधिकारिता दिनुपर्छ’, उनले भने। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोलिलाई सर्यो संसद विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा संसद विघटन गर्न नपाइने तर्क
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ...ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा...रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा नेकपाको दाहाल–नेपाल समूह र नेपाली...कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङका डाक्टरमाथि कुटपिट
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि...ओली कि कामचलाउ प्रधानमन्त्री हुनुपर्यो कि प्रधानमन्त्री पद छोड्नुपर्योः अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री...प्रतिनिधिसभा पुनःस्थापना हुन्छ र निर्वाचन हुँदैन भन्ने भ्रममा नपरौं : प्रधानमन्त्री ओली
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै...लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?
काठमाडौं । लेखक नारायण वाग्लेले प्रतिपक्ष र प्रधानन्यायाधीशसमेत लाचार हुने यो कस्तो लोकतन्त्र हो...कम्युनिस्टको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो : योगेश भट्टराई
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले कम्युनिस्ट पार्टीको नाममा...नेपाली बाबाको उपनामले प्रख्यात घिमिरेको निधन, पशुपतिमा अन्त्येष्टि
काठमाडौं । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति...भारतको सुरतमा दुर्घटना: १५ को मृत्यु, मोदीद्धारा राहतको घोषणा
नयाँदिल्ली । भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी...
