


व्याँसमा फलेन स्याउ


-
-
पुस ८ गते, २०७७ - १४:५७

दार्चुला । राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०/४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष एक/दुई क्विन्टल पनि मुस्किलले फलेन । यो वर्ष स्याउमा लगाएको मेहनत खेर गएपछि किसान भने निराश भएका छन् ।
स्याउको फूल तुषारोले खाएपछि यस वर्ष पनि फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ । धेरैजसो स्याउका बोटमा छिटपुट मात्रै फल लागेको स्थानीय किसान जितसिंह बोहराले बताए । गाउँपालिकाका स्याउखेती गर्ने किसान बोहराका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचामा भएको स्याउका रुखमा फल छैनन् । उनले भने, “स्याउ फुल्ने बेलामा तुषारो तथा फल लाग्ने बेला असिना परेपछि राम्रो उत्पादन भएन ।”
स्याउ बिक्री गरेर गुजारा चलाउने बोहरा यस वर्ष उत्पादनमा कमी आएकाले चिन्तित हुनुहुन्छ । उनले भने, ‘‘विगतमा छाङ्गरुको स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गथ्र्यौं, यो पटक आफूलाई खान पनि पुगेन ।’’ उनको बारीमा यो वर्ष जम्मा २५० बोटमा मात्रै केही स्याउ फलेको छ । केही समयअघि परेको असिनापानीले पनि नोक्सान भएको उनले भने । यो वर्ष १०÷१२ क्विन्टल स्याउ उत्पादन हुने आशा गरेका उनको बारीमा दुई क्विन्टलको हाराहारीमा स्याउ फलेको छ ।
जिल्लाका व्याँस, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्याउखेती हुने गर्दछ । यो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ क्षेत्र कार्यक्रमसमेत लागू गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
सप्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन...प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका...बुबाले गरे आफ्नै २ वर्षीया छोरीको घाँटी थिचेर हत्या
अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । शितगङ्गा–२,...सवारी दुर्घटनामा २० वर्षीय युवकको मृत्यु
काठमाडौँ । धादिङ, बेनिघाटरोराङ गाउँपालिका ५ बादरेमोडस्थित सडकमा बा.८४ प १५७१ नम्बरको मोटरसाइकल र प्रदेश...प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
झापा । शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा...गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण
ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई...चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’
पोखरा । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’...भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि...अमेरिका प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ चाहिने
वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो...चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता
बेइजिङ । चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी...

प्रतिकृया लेख्नुहोस्:
- भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
- प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
- हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
- पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल
- विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश