Khabar Dabali Logo
  January 17, Sun

चिनी उद्योग सञ्चालन शुरु

सर्लाही । हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए ।

उनको अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष २६ लाख ६७ हजार ९७१ क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले दशैँअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी गरेको थियो । जिल्लामा तीन चिनी उद्योग रहे पनि इन्दुशङ्कर उखु उत्पादक किसानको भुक्तानी चुक्ता गर्ने एक मात्र उद्योग रहेको उखु प्रबन्धक रजकले बताए ।

जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले उखु उत्पादक किसानको गत वर्षको भुक्तानी नगरेसम्म मिल सञ्चालन गर्न नदिइने उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । यी दुवै उद्योगविरुद्ध जिल्लाका उखु उत्पादक किसानले काठमाडौँमा आन्दोलन गरिरहेका छन् । गत वर्ष सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन÷चार वर्षदेखिकै भुक्तानी दिन बाँकी छ ।

दुई वर्ष उखु क्रसिङ गरिसकेको महालक्ष्मी चिनी उद्योगले यस वर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । उद्योगले आफ्नातर्फबाट सम्पूर्ण भुक्तानी गरिसकेको जिकिर गर्दै आए पनि किसानले भने सो उद्योगबाट पनि केही रकम पाउन बाँकी रहेको भन्दै आन्दोलन गरिरहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले यस वर्षका लागि किसानलाई प्रतिक्विन्टल उखुको मूल्य रु ५४४ दिन सिफारिस गरिसकेको छ । यता किसानले भने सो मूल्य मान्य नहुने भन्दै उखुको मूल्य प्रतिक्विन्टल रु ६१७ कायम हुनुपर्ने माग राखेका छन् ।

पुस ८ गते, २०७७ - १२:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु...   

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजारभन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी...   

सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ...   

अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार...   
चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

सिजियाङ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु...   

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या...   

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या...   
शुक्रबार सार्वजनिक गरिएको  ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे

शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे

काठामाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया

काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया...   

घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व

दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top