Khabar Dabali Logo
  January 20, Wed

जनआन्दोलनमा सेनाले यातना दिएकाहरुलाई सम्मान

चितवन । जनआन्दोलन सफल बनाउन छलफल गरिरहेका बेला एउटै डोरीमा ३४ जनालाई बाँधेर नेपाली सेनाले यातना दिएकाहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस माडी नगरपालिकाले घटना भएकै दिन पारेर मङ्गलबार उनीहरुलाई सम्मान गरेको हो ।

विसं २०४६ को जनआन्दोलन कसरी सफल बनाउने भन्ने विषयमा माडीको अयोध्यापुरीस्थित गोविन्द बस्तीका चित्रबहादुर दुराको घरमा पुस ७ गते साँझ छलफल भइरहेका बेला सेनाले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई एउटै डोरीले बाँधेर रातभर हिँडाएर बिहान कीर्तनपुरमा ल्याएर राखिएको थियो । पक्राउ परेमध्येका नेपाली कांग्रेसका नेता प्रा डा सूर्यकान्त घिमिरेका अनुसार उनीहरुलाई कुटपिट र धम्कीपछि भोलिपल्ट साँझ पालैपालो छाडिएको थियो ।

सो क्रममा नेपाली कांग्रेस चितवनका पूर्वसभापति रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङलगायतका नेता पनि सेनाको यातनामा परेका थिए । सोही सम्झनामा पक्राउ परेकाहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे र टेकप्रसाद गुरुङले अहिलेसम्मका सबै उपलब्धिहरुमा कांग्रेसको त्याग रहेको बताए । कांग्रेसबिनाको आन्दोलन सफल हुन नसक्ने दृष्टान्त दिँदै उनीहरुले संविधानको रक्षाका लागि फेरि पनि सङ्घर्षमा लाग्नुपर्ने अवस्था आउन सक्ने बताए ।

पुस ८ गते, २०७७ - १०:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित

काठमाडौं । समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा...   

आँबुखैरेनीमा एक वडा : एक पोखरी, एक वडा : एक चौतारी अभियान शुरु

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा: एक पोखरी र एक वडा: एक चौतारीको अभियान शुरु गरेको छ ।...   

भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा...   

बस दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर...   

सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार

प्युठान । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भए । करिब एक वर्षसम्म...   

कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति

झापा । झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार...   

महिला लिग फुटबलमा आज आर्मी र पुलिस भिड्ने

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा...   

कृषि बजारका अध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष...   
विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियान

विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको...   

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलाई कोरोनाको खोप निःशुल्क

सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top