


इजरायल–मोरक्कोबीच व्यावसायिक उडान शुरु


-
-
पुस ७ गते, २०७७ - १५:५१

तेल अभिभ । इजरायल र मोरक्कोबीच पहिलो व्यावसायिक हवाई सेवा मङ्गलबार शुरु भएको छ । इजरायलको तेल अभिभबाट पहिलो विमान मोरक्कोका लागि उडेको स्थानीय टेलिभिजनहरुले प्रसारण गरेका छन् ।
अमेरिकी अग्रसरतामा इजरायल र मोरक्कोबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्झौता भएसँगै दुबै देशबीच पहिलो व्यावसायिक उडान शुरु भएको हो ।
इजरायली विमान सेवा अल एलको पहिलो उडानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ एवं सल्लाहकार जारेड कुश्नर तथा इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार मेइर बेन शाब्बात रहेका थिए । यो विमान मोरक्कोको राजधानी राबातका लागि प्रस्थान गरेको हो ।
राबातमा मोरक्को र इजरायली अधिकारीहरुले विभिन्न विषयका सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
अमेरिकी मध्यस्थतामा यसअघि अरब मुलुक युनाइटेड अरब इमिरेट्स ९युएई० सँग इजरायलको दौत्य सम्बन्ध स्थापना गरिएको थियो । यी दुबै मुलुकले एकअर्का देशमा राजदूतावास खोल्ने, पर्यटकीय गतिविधि सञ्चालन गर्ने, प्रत्यक्ष हवाई उडान गर्ने एवं लगानी गर्ने समेतका विभिन्न विषयमा सम्झौता गरिसकेका छन् ।
यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले पनि दौत्य सम्बन्ध स्थापना गरिसकेका छन् । खासगरी प्यालेस्टिनीको विषयलाई लिएर अरब राष्ट्रसंग इजरायलको सम्बन्ध वर्षौंदेखि तिक्ततापूर्ण रहिआएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न
ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम
मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान
खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य
उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ...नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त...गलकोटमा केही दिनयता १८ घरमा तोडफोड र चोरी
गलकोट । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता...तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...
