Khabar Dabali Logo
  January 16, Sat

नगरपालिकाले सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीय हर्षित

लहान । लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् । वषौँदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् ।

नगरपालिका वडा नं १३ र १४ लाई जोड्ने सडकलाई केही दिनअघि नगरपालिकाले कालोपत्रे गरिदिएपछि स्थानीयवासीलाई लहान बजारसम्म पुग्न सहज मात्रै होइन, अब हिलो र धुलोबाट मुक्त भएको अनुभूतिसमेत भइरहेको छ । “गाउँबाट लहान बजार पुग्न पहिला साइकलमा एक घण्टा जति समय लाग्थ्यो”, लहान–१३ बस्तीपुरका रामअयोधी यादवले भने, “सडक कालोपत्र भएपछि लहान बजारसम्म पुग्न अहिले मुस्किलले १५ मिनेट लाग्छ ।” अब धुलो र हिलोबाट समेत मुक्ति पाएको आभाष भइरहेको उहाँको कथन छ । लहान–१३ बाट लहान बजारसम्मको करिब आठ किलोमिटरको कच्ची सडकलाई चालु आर्थिक वर्षमै कालोपत्र गरिएको नगरपालिकाको योजना शाखाले जनाएको छ ।

नगरपालिकाले ग्रामीण भेग र शहरको दूरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र गरेपछि गाउँमा किसानले उत्पादन गरेको सामान बजारसम्म पुर्याउन सहज भएको स्थानीय कपिलदेव यादवले बताए । “पहिला–पहिला सडक जीर्ण हुँदा सवारी साधन त्यति चल्दैनथ्यो, जसका कारण गाउँमा उत्पादन भएको काउली, भाण्टा, मुलालगायतका तरकारी बाली सहजरूपमा बजारसम्म पुर्याउन समस्या हुन्थ्यो”, स्थानीय गोदावरी कृषक समूहका अध्यक्षसमेत रहनुभएका यादवले भने, “तर अहिले सो सडकमा थुप्रै सङ्ख्यामा अटोरिक्साहरू चल्न थालेको छ, जसले गर्दा सहजरूपमै ती बाली बजार पुर्याउन सकिरहेका छौँ ।” यसबाट किसानसमेत उत्साहित भएको उनको भनाइ छ ।

नेपालकै सबैभन्दा बढी वडा भएको सो नगरपालिकाले २४वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको नगरप्रमुख मुनी साहले बताए । उनले कालोपत्र सडक निर्माणलाई शहरी र ग्रामीण क्षेत्रमा सन्तुलितरूपमा अघि बढाएको भन्दै यसमा सबैको साथ पाइरहेको उल्लेख गरे । नगरप्रमुख साहका अनुसार नगरपालिका क्षेत्रभित्रका करिब १४ किलोमिटर सडक कालोपत्र भइसकेको छ र बाँकी सडकमा समेत कार्य जारी छ ।

पुस ७ गते, २०७७ - ११:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह...   

भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै

वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...   
विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ

विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ

काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका...   

निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई...   

हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको...   

आखेटोपहार र बन्दुकसहित ५ जना पक्राउ

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित...   

न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...   
पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो

पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...   

मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ

भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...   

पाइपलाइनमा समस्या छैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top