Khabar Dabali Logo
  January 17, Sun

खोपमा नेपाललाई प्राथमिकता : सेरम

काठमाडौं । भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ – सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि समेत खोप उत्पादन गर्ने योजना बनाएको बताएका छन् । ‘सेरमले कोरोना खोप आपूर्ति गर्ने सन्दर्भमा नेपाल, बंगलादेश, भुटानलगायत मुलुकलाई प्राथमिकता राखेको रहेछ,’ राजदूत आचार्यले भने ।

भेटमा राजदूत आचार्यले खोप विकासको पछिल्लो अवस्था, उत्पादन र वितरण सम्बन्धमा चासो राखेका थिए । भारतमा हाल सेरमलगायत कम्पनीका ६ वटा खोपको परीक्षण अन्तिम चरणमा छ । केही मुलुकले खोप प्रयोगलाई अनुमति दिइसकेका छन् ।

नेपाल सरकारले जतिसक्दो चाँडो खोप उपलब्ध गराउन विभिन्न मुलुक र संस्थालाई औपचारिक रूपमै आग्रह गरिसकेको जनाएको छ । खोप खरिददेखि उपलब्ध गराउनेसम्मको प्रक्रियाको गृहकार्य सुरु भइसकेको पनि सरकारको दाबी छ ।

नेपालले भारतसँग पनि खोपको व्यावसायिक उत्पादन सुरु भएपछि सकेसम्म चाँडो उपलब्ध गराउन आग्रह गरिसकेको छ । यसैक्रममा भारतका लागि नेपाली राजदूत आचार्यले सोमबार सेरम इन्स्टिच्युटका संयुक्त निर्देशक सिंहसँग भेट गरेका हुन् ।

गत महिना भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाको नेपाल भ्रमणका क्रममा भएको द्विपक्षीय छलफलमा पनि यस विषयले प्राथमिकता पाएको थियो । शृंगलाले पनि भारतको खोप उपलब्ध गराउने मुलुकहरूमा नेपाल प्राथमिकतामा रहेको जनाएका थिए । विश्वमा भारतले ६० प्रतिशतभन्दा बढी खोप उत्पादन गर्ने गरेको छ ।

भारतीय केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी जनवरीमा भारतमा खोप लगाउन सुरु हुने दाबी गरेका छन् । भारतमा खोपको सरकारी मूल्य ३ डलर र खुला बजारमा ६ डलरसम्म पर्ने अनुमान छ । उक्त खोप दुई पटक लगाउनुपर्ने बताइएको छ ।

पुस ७ गते, २०७७ - ०८:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...   

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...   
प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...   

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...   

कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...   

भारतबाट थप १५ मेगावाट विजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...   

ओलीको बोली र व्यवहार फरक–फरक

काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...   
मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...   

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...   
यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top