Khabar Dabali Logo
  January 25, Mon

प्रचण्डले पार्टी एकतामा सिन्को भाँचेनन्, उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर अध्यक्ष दिएको हुँ : ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको बताएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरूलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् ।

त्यस्तै ओलीले प्रचण्डले पार्टी एकतामा तत्परता नदेखाएका कारण पनि अहिलेको अवस्थामा जानु परेको आरोप लगाएका छन् । ‘तीन महिनामा सक्ने भनिएको पार्टी एकतामा पनि प्रचण्डले सिन्को भाँच्न सकेनन् उनले भने ।

उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ भन्दै ओलीले भने, ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे !’ अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उनले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् ।

पुस ६ गते, २०७७ - १२:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली

काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...   
नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...   

गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ

कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...   

केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...   

निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन

बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...   

प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...   

ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा...   
प्रचण्ड–माधव पक्षबाट थप आन्दोलनको घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन

प्रचण्ड–माधव पक्षबाट थप आन्दोलनको घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन

काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम...   

गण्डकीमा १७ हजार ३९६ जनालाई कोरोना खोप आइपुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा...   

काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

काभ्रे । पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top