Khabar Dabali Logo
  January 23, Sat

संसद् विघटनअघिका तीन महिना : रअ प्रमुखदेखि भाजपा नेताका नेपाल भ्रमण

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २८ असोजमा मन्त्रिपरिषद् पुनर्गठनका क्रममा रक्षामन्त्री ईश्वर पोखरेललाई हटाएर प्रधानमन्त्री कार्यालयमा ल्याए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रधानमन्त्री कार्यालयबाट समग्र सरकारको काम हेर्ने जिम्मेबारी भनिए पनि पोखरेललाई अधिकार प्रत्यायोजन गरिएन । अहिले पोखरेल विना विभागीय उपप्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री कार्यालयमा हाजिर गरिरहेका छन् ।

पोखरेललाई हटाइएपछि हिन्दुस्तान टाइम्सलगायत भारतीय सञ्चारमाध्यमले भारतसँग सम्बन्ध सुधारका लागि ओलीले यो कदम लिएको चर्चा गरे । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले २ जेठमा आइडिएसएद्वारा आयोजित वेबिनारमा नेपालले अर्को देशको उक्साहटमा भारतले लिपुलेकसम्म सडक निर्माण गरेको विषयमा विरोध गरेको आरोप लगाएका थिए ।

त्यतिवेला नरभणेको भनाइ सेनाले खण्डन गरेन, रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय समाचार समितिलाई अन्तर्वार्ता दिएर कडा प्रतिवाद गरे । भारतप्रति अत्यन्तै आलोचनात्मक टिप्पणी गरिएको पोखरेलको अन्तर्वार्ताको भारतीय पक्षबाट विभिन्न च्यानलमार्फत प्रधानमन्त्री ओलीलाई विरोध आयो ।

ओली भारतसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका थिए । भारतसँग सम्बन्ध सुधारका लागि ओलीले भारतीय रुचिअनुसार पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पोखरेललाई रक्षा मन्त्रालयबाट पाखा लगाएको एक सातापछि भारतबाट गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल ५ कात्तिकमा काठमाडौं आएर ओलीसँग भेटवार्ता गरे । भारतीय वायुसेनाको विशेष विमानबाट आएका गोयलले प्रधानमन्त्री ओलीसँग राति तीनघन्टा वार्ता गरे । गोयलको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो ।

नेपालमा उनको भ्रमणको विरोध भए पनि भारतले छिमेक नीतिको एउटा सरोकारवाला निकायको प्रमुखका रूपमा नेपाल पठाएको थियो । गोयल फर्केको दुई सातापछि १९ कात्तिकमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणे नेपाल भ्रमणमा आए ।

गोयल र नरभणेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाए । संयोगवश गोयलको भ्रमणअघि नेकपाको आन्तरिक विवाद मिलाउन सक्रिय रहेकी चिनियाँ राजदूत होउ यान्छी त्यसपछि चुपचाप बसिन् । त्यसयता नेकपाको आन्तरिक जीवनमा चीनको चासो देखिने गरी प्रकट भएको छैन ।

नरभणेपछि ११ मंसिरमा भारतीय परराष्ट्रसचिव हर्षवद्र्धन शृंगलाको भ्रमण भयो । रअ प्रमुख गोयल, सेनाध्यक्ष नरभणे, परराष्ट्रसचिव शृंगलापछि २५ मंसिरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरे ।

नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको निमन्त्रणामा आएका चौथाइवालेले प्रधानमन्त्री ओली तथा उनीनिकटका नेता, प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा तथा जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेर दिल्ली फर्किए । उनी फर्केको दुई साता नबित्दै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार संसद् भंग भएको छ ।

पुस ६ गते, २०७७ - ०८:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो

काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...   

माघ १४ बाट कोरोना खोप लगाइने

काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...   

प्रधानमन्त्रीलाई गालीको वर्षा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...   

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...   

ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब

प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...   

कांग्रेसमा जुटेन सहमति

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...   

खोपको सहज पहुँच कहिले ?

चार निजी कम्पनीको निवेदन तर आयात अनुमति तत्काल नदिने सरकारको रणनीति काठमाडौं । भारतले कोभिड–१९ को...   

प्राकृतिक ग्याँस ल्याउन पाइपलाइन बिछ्याउने तयारी शुरु

काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्याँस (लिक्युफाइड...   

कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...   

सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top