Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

ओलीमा सुरुदेखि नै शक्तिको भोक, शक्तिशाली विभाग प्रधानमन्त्री मातहत

काठमाडौं । केपी ओलीमा अथाहा शक्तिको चाहना प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै देखिएको थियो । प्रधानमन्त्री नियुक्त भएको एक महिना नबित्दै उनले अर्थ र गृह मन्त्रालय मातहतका केही निकाय सीधै आफू मातहत लगेका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत लगिएको थियो । ती निकायलाई सक्रिय बनाउन आफूमातहत ल्याएको ओलीले बताए पनि तीनै विभागमा कुनै परिवर्तन आएको छैन, जसले प्रधानमन्त्रीले आफ्नो शक्ति बढाउन मात्र खोजेको प्रस्ट हुन्छ ।

राष्ट्रिय अनुसन्धान विभागलाई आफूमातहत ल्याएर ओलीले आफ्ना विरोधी नेताहरूको निगरानीमा त्यहाँको जनशक्तिको दुरुपयोग गराएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि साढे दुई वर्ष हुँदा समेत कुनै ठूला मुद्दामा अनुसन्धान गर्न सकेको छैन । राजस्व अनुसन्धान विभाग पनि नियमित गतिमै देखिएको छ । त्यसैले ती निकाय प्रधानमन्त्री कार्यालय मातहत राखिनुमा शक्ति सञ्चय बाहेक ओलीको अन्य चाहना पुष्टि हुँदैन ।

कानुन निर्माणका क्रममा पनि त्यस्तै देखियो । ओली सरकारले प्रेसदेखि अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने गरी विधेयकहरू संसद्मा दर्ता गरेको छ । राष्ट्रिय अनुसन्धान विभागको विशेष सेवा विधेयकमा फोन ट्यापिङको अधिकार दिन लागिएको छ ।

सूचना प्रविधिको व्यवस्था गर्न विधेयकमा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका प्रावधान राखिएका छन् । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोगको अधिकार समेत कटौती हुने गरी विधेयकहरू अगाडि बढाएको छ । ३४ महिने कार्यकालमा ओलीले निजामती प्रशासन र सुरक्षा निकाय पूर्ण रूपमा नियन्त्रण गर्ने मात्र होइन, संवैधानिक निकाय र अदालतमा समेत हस्तक्षेप गर्दै आएको उच्च अधिकारीहरू बताउँछन् ।

निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा प्रमुखसँग छलफल
मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारी र चारै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग निर्वाचनको तयारीबारे उनले छलफल गरेका थिए, जसमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी थिए ।

त्यसलगत्तै उनले प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निर्वाचनको तयारी थाल्न निर्देशन दिएका थिए । बैठकमा सहभागी एक अधिकारीका अनुसार सम्भावित सुरक्षा चुनौती विश्लेषण गरेर सुरक्षा योजना बनाई अगाडि बढ्न उनले निर्देशन दिएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies