


पद त्याग्नुपरे कुर्सी नै भाँचिदिने चेतावनी दिएका थिए ओलीले


-
-
पुस ६ गते, २०७७ - ०८:१२

काठमाडौं । तत्कालका घटनाक्रमका कारण प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको देखिए पनि कुनै पनि बेला यस्तो कदमसम्म चाल्न उनी योजनाबद्ध रूपमै अघि बढेको घटनाक्रमबाट देखिन्छ ।
जस्तो– पार्टीभित्र विरोध हुँदाहुँदै वैशाखमै फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश उनले पुनः जारी गरे । यो अध्यादेश जारी गर्दा पार्टीभित्र रडाको झन् मच्चिन्छ भन्ने उनले बुझेका थिए । पार्टीभित्र तीव्र विरोध भएपछि अध्यादेश फिर्ता लिने विषयमा उनी सहमत भए, स्थायी कमिटी बैठकले फिर्ता गर्न निर्देशन दियो । तर उनले निर्देशनअनुसार अध्यादेश फिर्ता गरेनन् ।
अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठक गरेर संवैधानिक निकायमा पदाधिकारी सिफारिसको निर्णय गराए । जे निर्णयबाट पार्टीभित्र माहोल बिग्रिन्छ, त्यही हुँदै गयो । ओलीले सुरक्षा परिषद्को बैठक बोलाउने र सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गर्ने क्रमलाई पनि बाक्लो बनाएका थिए । आफूविरुद्ध घेराबन्दी भए जुनसुकै कदम चाल्न सक्छु भन्ने सन्देश उनले पार्टीका नेताहरूलाई बेलाबखत दिने गरेका थिए ।
गत असार १६ गतेको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि त्यतिबेलै पनि ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावमा जाने तयारी गरेको गाइँगुइँ चलेको थियो । त्यतिखेरैको एउटा भेटमा ओलीले अर्का अध्यक्ष प्रचण्डसँग आफूले पद त्याग गर्नुपर्ने स्थिति आए बसिरहेको कुर्सी नै भाँचिदिने चेतावनी दिएका थिए । ओलीको यही चेतावनीका कारण त्यतिखेर आफूहरूसँग बहुमत हुँदाहुँदै पनि उनका विरुद्धमा जान नसकिएको प्रस्टीकरण दाहालले आफू निकटस्थ स्थायी कमिटी सदस्यहरूको भेलामा दिएका थिए । ओली यो हदमा जान सक्छन् भन्ने ठानी जोखिम टार्न कार्यदल बनाएर दुई अध्यक्षबीच शक्ति सन्तुलन मिलाउने कोसिस गरिएको थियो ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै
काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु...राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु, आर्मी र पुलिस भिड्ने
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा...सैनिक सेवामा पेन्सनसम्बन्धी व्यवस्थामा परिमार्जनको प्रस्ताव : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
काठमाडौं । नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सनसम्बन्धी हालको व्यवस्थामा...माधव र केपी उस्तै हुन् भन्दा मेरो मन पोल्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफुलाई...प्रदेश १ प्रदेशसभा बैठक, ओली र प्रचण्ड–माधवपक्ष आ–आफ्नै रणनीतिका साथ उपस्थित हुँदै
मोरङ । बुधबार प्रदेश १ को प्रदेश सभा बैठक बस्दैछ । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि...पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा...सुनसरी सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा...पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान...

प्रतिकृया लेख्नुहोस्:
- संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएन
- अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने
- प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’
- एक हजार निजी विद्यालय बन्द हुन सक्ने
- प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल