


मकवानपुरमा २७० बिघामा लगाएको गाँजा नष्ट


-
-
पुस ५ गते, २०७७ - १९:२५

मकवानपुर । मकवानपुरका विभिन्न स्थानमा लुकिछिपीरुपमा गरिएको अवैध लागुऔषध गाँजा तथा अफिम खेती नष्ट गर्ने कामलाई प्रहरीले तीव्र गति दिएको छ । मकवानपुरको पहाडी क्षेत्रमा अवैधरुपमा गरिएको २७० बिगाह गाँजा खेती प्रहरीले पाँच चरणमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबारसम्म ५५ बिगाह क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको प्रहरीले गत मङ्सिर महिनामा दुई स्थानमा गरी २२३ बिगाह गाँजा खेती नष्ट गरेको थियो ।
प्रहरीले मकवानपुरको बकैया गाउँपालिकाको विकट क्षेत्रमा लगाइएको १० बिगाह र राक्सिराङ गाउँपालिकामा लगाइएको २६० बिगाह गाँजा खेती नष्ट गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरोसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाको कमान्डमा संयुक्तरुपमा खटिएको ८६ जनाको प्रहरी टोलीले गत मङ्सिर २० देखि २४ गतेसम्म चार दिन लगाएर मकवानपुरको राक्सिराङ गाउँपालिका–२, ३, ४, ५, ८ र ९ को अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलाँसे, धुरकोट, माईसिराङ, स्वाँरा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देविटारलगायत विभिन्न स्थानमा गरी कूल २२० बिगाह क्षेत्रमा लगाइएको गाँजा खेती फँडानी गरी डढाएर नष्ट गरेको थियो । नायब उपरीक्षक रानाका अनुसार त्यसयता पनि गाँजा फँडानी जारी छ । इलाका प्रहरी कार्यालय, मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारीसहितको प्रहरी टोलीले हाल गाँजा खेतीको खोजी गरी नष्ट गरिरहेको जनाइएको छ ।
प्रहरी टोलीले गाँजासँगै अफिम खेतीसमेत नष्ट गरेको छ । शनिबार मकवानपुरको राक्सिराङ –३ र ४ को लावती, लाङती, आले, तर्सिकोटलगायत स्थानमा ३० बिगाह गाँजा खेतीसँगै पाँच बिगाह क्षेत्रमा लगाइएको लागुऔषध अफिम खेतीसमेत फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अवैधरुपमा हुने गाँजा खेतीलाई निरुत्साहित गर्न प्रहरीले हरेक वर्ष गाँजा खेती फँडानी गर्ने काम गर्दै आएको भए पनि मकवानपुरको विकट क्षेत्रमा गाँजा खेती गर्ने क्रम रोकिएको छैन । पछिल्लो समय केही राजनीतिक दलका नेताहरुले स्थानीयवासीलाई गाँजा खेती गर्न हौसाएका थिए ।
मुख्यमन्त्री डोरमणि पौडेल सहभागी एक कार्यक्रममा केही नेताले गाँजा खेती गरेर आर्थिक स्थिति सुधार गर्न खुला आह्वान गरेपछि मुख्यमन्त्री पौडेलले त्यसको प्रतिवाद गर्दै गाँजा देशको कानूनअनुसार अवैध भएकाले त्यसको खेती गर्न नहौस्याउन भनेका थिए। पौडेलले किसानलाई गाँजाको विकल्प खोजेर खेती गरे सरकारले सघाउने प्रतिबद्धतासमेत गरे।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग
काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।...१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने...ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौंदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट...मुख्यमन्त्रीहरुविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे कांग्रेसको छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका...तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको...माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको...ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल
काठमाडौं । कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा...मलेशियाबाट १७ जना नेपालीको शव काठमाडौं ल्याउँदै
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...
