Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बालाजु बाइस धारा क्षेत्रको शिवालयमा ५०० गुर्जोको बिरुवा रोपियो

काठमाडौँ । बालाजु २२ धारा पार्क नजिकैको शिवालय क्षेत्रमा औषधिय गुणलेयुक्त गुर्जोको ५०० बिरुवा रोपिएको छ । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललगायत स्थानीयवासी गुर्जो रोपण कार्यक्रममा सहभागी भएका थिए । गुर्जोका बिरुवा देशव्यापी रुपमा रोपण अभियानमा लागेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका हुन् ।

राजलवट आन्तरिक राजश्व कार्यालय लाहानमा हुँदादेखि नै त्यहाँको सरकारी निवासमा बिरुवा उत्पादन गरी निःशुल्क वितरण अभियानमा लागेका छन् । राजलवटले हालसम्म देशका विभिन्न भागमा गरी एक लाख ४० हजार भन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरेका छन् । गुर्जोका बिरुवा वितरण गरिएका स्थानमा गुर्जोबाट बनेको धुलो, चिया, डाँठसमेत वितरण गर्दै आएको उनले बताए । देशभर एक घर एक गुर्जोका बिरुवा हुनुपर्ने उनको भनाइ छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ओषधिय गुणलेयुक्त वनस्पति गुर्जो कोरोना भाइरसबाट बच्न शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य संस्कृतमा अमृता भनिने गुर्जोले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने बताए ।

सो अवसरमा बालाजु २२ धारा टोलवासीलाई पनि ५०० गुर्जोका बिरुवा हस्तान्तरण गरिएको थियो । जसलाई स्थानीयवासीले घर–घरमा रोप्ने जनाइएको छ । कार्यक्रममा रािष्ट्रय योजना आयोगका सहसचिव तथा योग शिक्षक किशोर जोशीले गुर्जोको औषधिय महत्वका विषयमा जानकारी गराएका थिए । गुर्जो पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलाबाहेक सबैले सेवन गर्न सक्नेछन् ।

कोरोना महामारी फैलिएपछि गुर्जोका बिरुवा घरमा रोप्ने र यसको धुलो, चिया, डाँठलगायत सेवन गर्नेको सङ्ख्या बढेको छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन भूमिमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने मान्यताअनुसार नेपालको अधिकांश भूगोलमा हुने गुर्जो यहाँका मानिसका लागि औषधिको काम गर्ने भएकाले यसको संरक्षण गरिनुपर्नेमा वृक्षरोपण कार्यक्रममा जोड दिइएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies