Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

परिवारका ९ सदस्यसहित घरवास गुमाएकी मनिषाको संरक्षणको जिम्मा एसओएसले लियो

वालिङ । पहिरोले परिवारका नौ सदस्यसहित घरवासै पुरेपछि सहाराविहीन बन्न पुगेकी मनिषा नेपालीको संरक्षणको जिम्मा एसओएस बालग्राम पोखराले लिएको छ । घरपरिवार गुमाएकी मनिषालाई बालग्राममा भर्ना गरी पारिवारिक वातावरणमा लालनपालन र शिक्षादीक्षा दिई आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापित गर्ने उद्देश्यसहित जिम्मा लिएको एसओएस बालग्राम पोखराका बाल संरक्षण स्रोतव्यक्ति एवं वरिष्ठ परामर्शकर्ता सुमन बरालले बताए ।

“मनिषाले परिवारका सबै सदस्य गुमाएका छन्, त्यसको पीडाले उनलाई विक्षिप्त बनाएको छ”, स्रोतव्यक्ति बरालले भने, “उहाँलाई अब मनोसामाजिक परामर्शको आवश्यकता पर्ने भएकाले सोहीअनुसारको परामर्श गरी उपयुक्त पारिवारिक वातावरणको सिर्जना गरिन्छ ।”

मनिषाको शिक्षादीक्षा, स्वास्थ्योपचार, लालनपालनलगायतको जिम्मा लिएको एसओएसले अब कक्षा ११ मा विज्ञान विषय अध्ययनका लागि त्यहीँ नै व्यवस्थापन गरिने र अन्य विषय अध्ययन गर्न चाहेमा अन्य विद्यालयमा भर्ना गर्ने स्रोतव्यक्ति बरालले बताए । विश्वभर १३६ राष्ट्रमा स्थापित एसओएस बालग्राम नेपालमा हाल नौ छन् । पोखरामा सञ्चालनमा रहेको बालग्राममा हाल आफ्ना अभिभावक गुमाएर असहाय बनेका १४१ बालबालिका छन् ।

गत असोज ८ गते बिहान माथिबाट आएको पहिराले एकै घरमा नौ जनाको पुरिएर ज्यान गएको थियो भने मनिषालाई जीवितै उद्धार गरिएको थियो । पीडित मनिषाको संरक्षणको जिम्मा लिएर उहाँको भविष्य निर्माणका लागि एसओएसले खेलेको भूमिकाप्रति वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले आभार व्यक्त गरेका छन् । नगरप्रमुख खाँणको रोहवरमा मनिषाको संरक्षकमा बालग्राम रहने छ भने अभिभावकको रूपमा दाजु भोजराज परियार र माइजु गीता नेपाली रहेका छन् ।

“जे नहुनु थियो भयो, अब त्यसबाट पाठ सिकेर समस्याभित्र समाधान खोज्दै अगाडि बढ्नुपर्छ”, नगरप्रमुख खाँणले भने, “अब उहाँको शिक्षादीक्षा, लालनपालन, औषधोपचारलगायतका सेवासुविधा एसओएसले उपलब्ध गराउने छ ।” परिवारका सबै सदस्य गुमाएर विक्षिप्त बन्नुभएकी मनिषालाई लगनशील र मेहनतका लागि अध्ययन गर्न सुझाव दिँदै प्रमुख खाँणले भने, “भोलि आफ्नै खुट्टामा उभिन सक्ने गरी आत्मनिर्भर बन्नका लागि सहयोग पुग्नेछ ।”

परिवारका सबै सदस्य गुमाएकी मनिषा तथा दाजु भोजराजलाई आवास निर्माणका लागि जग्गाको खोजी भइरहेको प्रमुख खाँणले बताए । मनिषा तथा दाजु भोजराजका लागि रोजगारीको अवसर सिर्जना गरिदिने प्रमुख खाँणले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies