Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एउटै बोका १८१ किलो, हेर्न आउनेको ओइरो

अर्घाखाँची। अर्घाखाँची डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १८१ किलोको छ । यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने, पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँचीसहित विभिन्न जिल्लाका किसान यसको पालनमा आकर्षित भएका छन् । अरू जातको बाख्राभन्दा बोयरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने किसान बताउँछन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्ना बोयर बाख्रा उत्पादनस्थल बनेको छ ।

डिभर्नाकै गीता भुसालले दुई माउ बाख्रा मात्रै पालेकी छन् । भुसालले तिनै बाख्राका पाठापाठी बेचेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरेकी छन् । तीन वर्षमा बोका र पाठी बिक्रीबाट ७ लाख रुपैयाँ कमाएको उनको भनाइ छ । ‘धेरै पाल्नु पनि पर्दैन । दुःख पनि छैन । मैले दुई बाख्रा स्याहार गरेकी छु । ७ लाख कमाएँ’, उनी भन्छिन्, ‘२ लाखका पाठापाठी तयार छन् ।’

उनी मात्र होइन, डिभर्नाका किसानले बोयर बोका बिक्रीबाट मनग्य आम्दानी गर्न थालेका छन् । स्थानीयवासी बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बोयर बिडर हट पशुपालन तथा कृषि सहकारी संस्थामा आबद्ध किसानले बोयर बोका प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन् । ०७३ साल मंसिरमा अस्ट्रेलियाबाट ३ लाख रुपैयाँका दरले १२ वटा बोयर बोका ल्याइएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies