Khabar Dabali Logo
  January 20, Wed

पशु कल्याण ऐनको माग

काठमाडौँ । पशु कल्याणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दे आएको स्नेहा केयर नामक सामाजिक संस्थाले पशुपन्छीमाथि हुने दुव्र्यवहार तथा क्रुरतालाई अन्त्य गर्न पशु कल्याण ऐनको माग गरेको छ । पशु स्वास्थ्य, खाद्य सुरक्षा तथा उत्पादनमा पशुु कल्याणका सवाललाई सम्बोधन गर्न संस्थाले सरोकारवाला पक्षसँग हालै गोष्ठी गरी पशुसेवा विभागको अगुवाइमा उक्त ऐनको मस्यौदा तयार भई मन्त्रालयमा पुुगेको जनाएको छ ।

पशु कल्याण निर्देशिका २०७३, पशु ढुवानी मापदण्ड २०६४, मुलुकी अपराध संहिता ऐन २०७४, मा पशु कल्याणका सवालमा सम्बोधन गर्न खोजेको भए पनि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने संस्थाका कार्यकारी प्रमुख कपिल काफ्लेले बताए। पशु कल्याणको विषयलाई व्यवस्थित बनाउन स्थानीय तहमा दक्ष जनशक्ति तयार तथा पूर्वाधारको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

पशु कल्याणका क्षेत्रमा क्रियाशील सो संस्थाले काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका तीन हजार जनावरको उपचारमा सहयोग पुरयाएको छ । छाडा पशुचौपाय, सामुुदायिक कुकुर उपचार, उद्धार, पुनःस्थापनाका साथै रेबिजविरुद्ध खोप लगाउने काममा सहयोग गरको उक्त संस्थाले जनाएको छ । गत वर्ष तराईका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपत्तिको समयमा कैलालीमा गाई, भैँसी, कुकुरलगायत दुुई हजार पशुको उपचार गरेको संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिए। संस्थाले वार्षिक १० हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाएको छ भने देशका विभिन्न ५०० विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

पुस ४ गते, २०७७ - १०:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...   

वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...   

फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल

हेटाै‌डा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...   

प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...   

ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो

ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...   

प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...   

भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...   

९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...   

भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै

काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...   

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top