


चितवन राष्ट्रिय निकुञ्जमा हात्ती र गैँडाको बच्चा मरे


-
-
पुस ४ गते, २०७७ - ०९:२७

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैँडाको बच्चा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १ गते खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ । उक्त अर्ना खुल्ला खोरका झाडीमा देखिएको हो । विसं २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले छ वटा अर्ना मरेका छन् । नौ वटा माउमध्ये सात पोथी र दुई भाले रहेको अधिकारीले जानकारी दिए ।
यहाँ स्थानान्तरणपछि योसहित छ वटा बच्चा जन्मिएका छन् । गत वर्ष जन्मिएकामध्ये तीन भाले ९पाडो० र एक पोथी ९पाडी० छन् । यस वर्ष जन्मिएको दुवैको लिङ्ग पहिचान हुन सकेको छैन । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ । निकुञ्जमा सन् १९६० देखि नै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ ।
यस्तै निकुञ्जको हात्ती तालीम तथा प्रजनन केन्द्र खोरसोरमा मङ्सिर १६ गते जन्मिएको हात्तीको बच्चा मरेको छ । सो छावीको रोगका कारण मरेको प्रारम्भिक अनुमान गरिएको छ । अधिकारीका अनुसार उक्त छावि मर्नुको विस्तृत अध्ययनका लागि नमूना सङ्कलन गरी भेटेनरी शाखामा पठाइएको छ ।
यसैगरी शुक्रबार निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनको बिजुली घोल क्षेत्रमा करिब चार÷पाँच महिनाका गैँडाको बच्चा मृत फेला परेको छ । उक्त बच्चा बाघको आक्रमणबाट मरेको बताइएको छ । बाघले ८० प्रतिशतभन्दा बढी खाएकाले लिङ्ग पहिचान गर्न नसकिएका अधिकारीले बताउनुभयो । योसहित चालु आर्थिक वर्षमा १८ वटा गैँडा निकुञ्जले गुमाउनु परेको छ । त्यसमध्ये १४ वटा प्राकृतिक कारणले मरेका हुन् भने चार वटा चोरीशिकारीले मारेका हुन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बहस गर्ने वकिलको नाम नथप्न आदेश
न्यायाधीश भन्छन्, ‘बहस चुनावसम्म नलम्बियोस्’ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको...सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना
काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी...आर्थिक अभाव झेल्दै बलात्कार पीडित परिवार
बुटवल । रुपन्देहीको तिलोत्तमा–१५ की पाँच वर्षीया बालिका ६ दिनदेखि काठमाडौंस्थित शिक्षण अस्पतालको...भारतले रोकेन महाकालीमा एकतर्फी तटबन्ध
दार्चुला । काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतले महाकालीमा एकतर्फी रुपमा तटबन्ध...शुरू भयो किसान क्रेडिट कार्ड, किसानलाई के फाइदा ?
काठमाडौं । कृषि ऋणमा सहज पहुँच पुर्याउन पहिलो पटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास...खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय
काठमाडौं। प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा...पाँच दिनभित्र कोरोनाविरुद्धको खोप जिल्लामा पुग्ने
काठमाडौं । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने...भुइँको टिप्दा न बादल, न वामदेव
काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको...नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै
काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा...आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ
काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी...

प्रतिकृया लेख्नुहोस्:
- इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
- भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी
- राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित