


आज काठमाडौंको न्यूनतम तापक्रम अहिलेसम्मैकै कम, १.६ डिग्री


-
-
पुस ४ गते, २०७७ - ०८:५८

काठमाडाैँ । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ।
काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ।
बिहीबार काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
गत वर्ष पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगेको छ।
‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताए।
‘कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाडौंको न्यूनतम तापक्रम अबको दुई–तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ’ मौसमविद् पौडेलले भने।तापक्रम घटेपछि काठमाडौं उपत्यकामा बढी चिसो महशुस गरिएको छ।
दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ।
त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव शून्य डिग्री र सबभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री सेल्सियस छ। रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन...लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन
कोभिड महामारीले गत वर्ष ३०४ ले मात्र जागिर पाए, धेरै परीक्षा हुन सकेनन् काठमाडौं । देशमा बेरोजगारीको...सरकारले अपहेलना गरेको भन्दै दुवै प्रहरी जोखिम भत्ता नलिने निष्कर्षमा पुगे
काठमाडौं । सरकारले अपहेलना गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम भत्ता नलिने निर्णय गरेका...कोभिडविरुद्धको खोप सातै प्रदेशका ४ लाख ५० हजारलाई पुग्ने
काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार...नेपालीको भान्छा अचाक्ली महँगियो
काठमाडौं । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको...‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’...बहस गर्ने वकिलको नाम नथप्न आदेश
न्यायाधीश भन्छन्, ‘बहस चुनावसम्म नलम्बियोस्’ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको...सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना
काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी...

प्रतिकृया लेख्नुहोस्:
- सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
- आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न प्रचण्ड–नेपाल समूहको अपिल
- ओली कम्युनिस्ट हुन लायकै छैनन, त्यसैले साधारण सदस्यबाटै निष्काशन गर्दैछौ : अध्यक्ष नेपाल
- सांसद किनबेचकाे खेल भएपछि प्रतिनिधिसभा विघटन भयो : प्रधानमन्त्री
- प्रधानमन्त्रीको प्रश्न : भारतीय पत्रकारले सगरमाथा खान्छु भनेको छर ?
- नेम्वाङ र खरेलले बोलेका कुरालाई प्रमाणका रूपमा लिनुपर्छ : अधिवक्ता भट्टराई
- आइपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप, पहिलो चरणमा कसले पाउनेछन् ?
- संसद विघटनविरुद्धको मुद्दा: सभामुखले संसद बोलाउन सक्नुहुन्छ, राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्छ
- नेपाल आइपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप
- नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास
- अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ, ट्रम्प फ्लोरिडामा
- सर्लाहीमा यात्रु बस पल्टिदा दुई जनाको मृत्यु १९ जना घाइते
- वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह
- प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं
- प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित