Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

समय फेरियो : फेरिएन भरियाको जीवन

ताप्लेजुङ । कपाल फुलेर सेताम्मे भएको भक्तबहादुरको टाउकोमाथि नाम्लोको डाम देखिन्छ । फाटेर प्वालैप्वाल भएका कपडा र प्लाष्टिकको डोरीले सिएको प्लाष्टिककै चप्पल लगाएर कहिले भरिएको त कहिले रित्तो ढाकर भिरेर तोक्माको साथमा हिँडिरहेका देखिन्छन्, भक्तबहादुर । उनलाई कसैले भक्तबहादुर नाम लिएर बोलाउँदैनन् भने उनको नामले प्राय कसैले चिन्दैनन् पनि । बाटोमा भेट्ने कतिपयले ट्रक भनेर बोलाउँदा हाँस्दै बोल्ने भक्तबहादुरलाई नजिकै गएर तपाईको खास नाम के हो ? भनेर हामीले सोध्यौँ । उनले हाँस्दै जवाफ दिए–ट्रक ।

“सानैदेखि भारी बोक्ने काम गरियो, आफ्नै गाउँघरदेखि भारी बोकेर हिँड्ने बाटो आसपासका मानिसले पनि यतिकैमा ट्रक भनेर बोलाउन थाले, अहिले ट्रकभन्दा सबैले चिन्छन्”, उनले भने । निम्न आयस्तर भएका परिवारमा जन्मिनुभएका भक्तबहादुरले नौ वर्षको उमेरदेखि भारी बोक्न शुरु गरे । “बाबुबाजेले खेती किसान गर्ने, भारी बोक्ने काम गर्थे, पढ्न लेख्न पाइँदैनथ्यो, नौ वर्षको हुँदादेखि भारी बोकेको हुँ”, उनले भने । उमेरले अहिले ६३ वर्ष पार गर्न लाग्नुभएका भक्तबहादुरले भारी बोकेर लामो बाटो हिँड्दाका दुःखकष्टदेखि पारिश्रमिक नपाएका गुनासा एकाएक गर्दै सुनाए ।

कुनै समयमा दिनको एक पाथी अन्न लिएर भारी बोकेको स्मरण गर्दै उनले भने, “दिनको एक पाथी अन्न लिनेदिने सर्तमा १४ दिनसम्म लगातार भारी बोक्नुपथ्र्यो, पछिपछि पैसा लिएर बोक्न थालियो, तर कतिले ठगे ठगे हिसाब छैन ।” उनका अनुसार यातायातको पहुँच नहुँदा विराटनगरको जोगवनीदेखि ताप्लेजुङसम्म नून, तेललगायत सामान ढाकरमा नाम्लो लाएर बोक्नुपथ्र्यो । जोगवनीदेखि भारी बोकेर ताप्लेजुङ आइपुग्न १४ दिनसम्म लाग्थ्यो । जोगवनीदेखि धरान, वसन्तपुर, गुफा हुँदै ताप्लेजुङसम्म हिँडेर आइपुग्नुपथ्र्यो । बाक्लो बस्ती नहुँदाको समयमा पाटी पौवा र ओढारमा बास हुन्थ्यो । दिनमा तोक्मा र रातमा मट्टितेलबाट बालिने टुकी (बत्ती) को साथ हुन्थ्यो ।

सानो छँदा अरुको साथमा हिँड्ने भक्तबहादुर अलि ठूलो हुँदै गएपछि एक्लैएक्लै पनि हिँड्न थाले । “सानो छँदा १० किलो बोकेर हिँडेको याद छ, अरु पनि साथी हुन्थे, अलि पछि एक्लैएक्लै हुन थालियो, धेरैले त त्यसबेलादेखि नै भारी बोक्न छाडेछन्, अरु काममा लागे, मेरो चाहिँ भारी बोक्ने काम लगातार भयो”, उनले भने । एक दिन एक्लै हिँड्दा खैरेनीस्थित तमोरको किनारमा बाढीले बगाएर ल्याएको काठको मुढा माथी भारी अड्याउन खोज्दा अचानक खसेर तमोरमा डुबेको दुःखदायी क्षण घरीघरी सम्झनामा आउने गरेको पनि उनले सुनाए ।

“धेरै अघिको कुरा हो, ढाकरसँगै तमोर नदीमा डुबेको थिए, कसोकसो गरेर निस्किएँ, त्यसबेला पनि दुःख धेरै थिए, भारी बोक्दा अझै पनि दुःख छ, तर पनि ढाकर र तोक्मा छाड्ने दिन कहिल्यै आएनन्, अहिले पनि भारी नै बोकेर गुजारा चलाउँछु”, उनले भने । उमेर छँदा ९६ किलोसम्मको भारी बोक्ने भक्तबहादुर अहिले पनि ५० किलोसम्मका भारी बोक्नुहुन्छ । समयसँगै पहाडी क्षेत्रमा यातायातको पहुँच बढ्दै जाँदा भारी बोकेर हिँड्ने दूरी साँघुरिँदै गयो । उमेरमा धरानदेखि ताप्लेजुङसम्म ९६ किलोसम्म बोकेको उनले बताए । अहिले भक्तबहादुरको ढाकरसँग हिँड्ने दूरी साँघुरियो, भारी बोकेको अवधि फराकिलो हुँदै गयो । तर भारी बोकेर उनको जीवनमा कुनै ठूलो परिवर्तन आएन । सामान्य घर खर्च र परिवार पाल्नेबाहेक कुनै उपलब्धि नभएको उनको भनाइ छ ।

“खासै केहि गरिएन, दुई जना छोरा र चार बहिनी छोरी छन्, माइली अहिले कक्षा ११ मा पढ्दै छ, उसैलाई पढ्ने खर्च चाहिन्छ, घरमा खान लाउन चाहिन्छ, कमाएको पैसा त्यतिकैमा सकिन्छ”, उनले भने । करिब ५० वर्ष बढी भारी बोकेर धेरै सम्पत्ति नजोडे पनि घरपरिवार पाल्न सकेकामा भने आफूलाई सफल ठान्नुहुन्छ, भक्तबहादुर । गाउँगाउँमा यातायात पुगेसँगै पहिले जस्तो नियमित भारी बोक्ने काम कमै पाइन्छ । करिब सात/आठ वर्षअघिसम्म पाँचथरको थर्पुदेखि ताप्लेजुङको गाउँगाउँसम्म भरियाको लाइन देखिन्थ्यो । अहिले गाउँमै सवारी साधन पुग्ने र कतै खच्चडले भारी बोक्न थालेपछि भरिया विस्थापित जस्तै बनेका छन् । कहिलेकाहीँ अलँैची ओसार्ने, साहुकोबाट कुनै घरसम्म चामललगायत सामान ओसार्ने जस्ता काम पाउने गरेको भक्तबहादुरले बताए ।

उनीजस्तै अरु थुप्रै भरियाले आजकल काम पाउन छाडेका छन् । सामान्य काम पाउने गरे पनि पछिल्लो समयमा सङ्क्रमणका कारण लामो समयसम्म भएको बन्दाबन्दीले पनि भरियालाई समस्या छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies