


सर्पको विषविरुद्ध स्वास्थ्य विज्ञान प्रतिष्ठान


-
-
पुस ३ गते, २०७७ - १५:३१

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले विषालु सर्प पाल्नका लागि खरीद गरेको जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको छ । विषालु सर्पपालनका लागि खरीद गरेको साढे आठ बिघा जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका निर्देशक उमेश बरालले किसानलाई जग्गा खाली गराउन अग्रिम सूचना दिइएकामा हाललाई रुख, बोटबिरुवा आदि हटाइएको भए पनि केही जग्गामा उखु बाली भएको र किसानको उखु कटानको चलानसमेत नआइपुगेको गुनासो आएपछि किसानको वर्षौंको मेहनतलाई मध्यनजर गर्दै खाली गर्न केही समय थप गरिएको बताए । केही दिनमा अर्को सूचना निकाली ठेक्काको प्रक्रिया र जमीन सम्याउने कामसमेत एक साथ अगाडि बढाइने उनले बताए ।
नेपालभित्र ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न नसकेको र सर्पदंशको उपचारमा पनि भारतसँग निर्भर हुनु परिरहेको अहिलेको अवस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानले स्वदेशमै ल्याब स्थापना गर्न लागेको हो । एन्टी स्नेक भेनम उत्पादन तथा अनुसन्धान परियोजनाका लागि सङ्घीय, प्रदेश र लालबन्दी नगरपालिका गरी तीनवटै निकायसँग सम्झौता गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष एवं झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए ।
प्रतिष्ठानले बोलपत्र आह्वान गरेपछि दर्ता हुन आउने संस्थालाई प्रक्रिया मिलाएर स्वीकृति गर्नुपर्ने थप काम बाँकी रहेकाले क्रमागतरुपमा फागुनको पहिलो सातादेखि परिसरसहित अस्पताल भवन र अन्य संरचना निर्माणको काम अगाडि बढाइने अध्यक्ष पन्तले बताए । उनका अनुसार दुई वर्षभित्र भवनलगायतका सबै संरचना बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्नेछ । यसरी उत्पादन गरिने विष शुरुमा भारतका ल्याबमा पठाइ ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाउने योजनामा आफू रहेको अध्यक्ष पन्तले बताए ।
नेपालको विभिन्न भूभागबाट ल्याइने घोडा र सर्प संरक्षणका लागि प्रतिष्ठानले थप योजना ल्याउनेछ । “विश्व बजारमा माग उच्च रहेको उद्योग र अनुसन्धान केन्द्र नेपालमा सञ्चालन हुनु देशका लागि गौरवको कुरा हो ।’’ स्थानीयस्तरमै सयौँको सङ्ख्यामा रोजगारीको अवसर सिर्जना हुनुका साथै लाखौँ मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष पन्तको विश्वास छ ।
विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा मात्र बर्सेनि दुई हजार ५०० भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । विषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ । नेपालका सबै क्षेत्रका लागि आवश्यकतानुसार वार्षिक १० लाखसम्म भायल एन्टी भेनम आवश्यक पर्ने विज्ञले बताएका छन् । हाल नेपालमा सर्पको विषविरुद्धको औषधि भारतबाट आयात हुन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ
काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका...निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान : मन्त्री नेम्वाङ
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई...हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको...आखेटोपहार र बन्दुकसहित ५ जना पक्राउ
डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित...न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...पाइपलाइनमा समस्या छैन : आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल
वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि...
