Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट कास्की बढी प्रभावित

गण्डकी । विश्वव्यापी महामारिका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ ।

प्रदेशका अन्य १० जिल्लाको तुलनामा कास्कीको मृत्युदर, सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।

कोरोनाका कारण गण्डकी प्रदेशमा कूल १८६ ले ज्यान गुमाएकामा कास्की जिल्लामा मात्र १०५ को मृत्यु भएको छ । अन्य आठ जिल्लामा मृत्युको सङ्ख्या ८१ मात्र रहेको छ । गण्डकी प्रदेशको हिमाल पारिका जिल्लाका रुपमा परिचित मनाङ र मुस्ताङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छैन भने तनहुँ २०, नवपरासी पूर्व २०, स्याङ्जामा १३, गोरखा नौ, वाग्लुङ आठ, लमजुङ पाँच, पर्वत र म्याग्दीमा तीन/तीन जनाको मृत्यु भएको तथ्याङ्क छ ।

स्वास्थ्य निर्देशनालय पोखराका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार यो प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या कूल एक हजार ६१२ मध्ये कास्कीको पोखरामा मात्र ६५६ रहेका छन् । कूल १३ हजार ५६३ सङ्क्रमितमध्ये कास्कीका मात्र छ हजार १२१ जना रहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म एक लाख १५ हजार ६०४ जनाको पिसिआर परीक्षण गरिएकामा १३ हजार ५८३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । एक लाख दुई हजार २१ जनामा नेगेटिभ देखिएको थियो भने एक हजार ६३२ जना अहिले पनि सक्रिय सङ्क्रमित छन् । निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म प्रदेशमा निको हुने दर ८६।६२ प्रतिशत, सक्रिय सङ्क्रमित दर १२।०२ प्रतिशत र मृत्यु हुने दर १.३७ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशमा कोभिड–१९ को नियन्त्रण र उपचारमा तोकिएका मुख्य अस्पतालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, सङ्क्रामक तथा सरुवा रोग अस्पताल, गण्डकी मेडिकल कजेल, चरक मेमोरियल, फिस्टेल अस्पताल रहेका छन् । अन्य अस्पतालमा फेवा सिटी, लेकसिटी, पार्कल्याण्ड, पश्चिमाञ्चल सामुदायिक, मेडिप्लस, नमस्ते, ग्यालेक्सी, मेट्रोसिटी, कास्की सेवा, गोरखा र पर्वत जिल्ला अस्पताल, धौलागिरि, मध्यविन्दुलगायतका विभिन्न १९ वटा अस्पतालमा कूल २२३ आइसियु र ६२ भेन्टिलेटर श्ययाको व्यवस्था गरिएको छ ।

विशेष गरी गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि जारी भएको बन्दाबन्दीका समयमा श्रमिक, मजदूर र ज्यालादारी वर्गको जीविकोपार्जनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेर सबैभन्दा नजिकका सरकारको पुष्टि गरेका छन् । सरकारले प्रदेशअन्तर्गतका महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बीउ पूँजी उपलब्ध गराएर राहत कोष शुरु गरेसँगै जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा विभिन्न सङ्घसंस्थाको सामूहिक पहलमा कोरोना नियन्त्रण तथा पारेका समस्या समाधानमा अविष्मणीय कार्य भएका छन् ।

मुलुकका तीनै तहका सरकारको पहलमा पिसिआर परीक्षणमा तदारुकता देखाउँदै सङ्क्रणको अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलेसमेत सुरक्षा मापदण्डको पालना गर्दै आआप्mनो क्षेत्रमा अहोरात्र खटेका थिए । पछिल्लो समय सर्वसाधारणले पनि मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्नेलगायतका सरसफाइ र सुरक्षाका मापदण्ड पूरा गरेकै कारण यतिखेर प्रदेशमा सङ्क्रमण कम भएको अनुभूति गर्न थालिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा अवसरका लागि सबै क्षेत्रका मानिस आउने र जनसङ्ख्यासमेत अध्याधिक भएका कारण सङ्क्रमण अभैm पनि कम भएको छैन । पछिल्लो समय पिसिआर परीक्षण भने घटेको छ । प्रदेश सरकारले सरकारी अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्दै आएको भए पनि कतिपय सङ्क्रमितको परिवारले उपचारका लागि सरकारी अस्पतालमा भन्दा बिरामीलाई निजी अस्पतालमा लैजाँदा महङ्गो महसुस गर्नुका साथै धेरैतिर डुलाउँदा ज्यानसमेत गुमाउन पुगेका थिए ।

ेकोभिड– १९ को सङ्क्रमण रोगथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा गठित उच्चस्तरीय निर्देशन समितिले योजनाबद्धरुपमा काम गर्दै आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies