काठमाडौँ । काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ ।
जिल्ला सुरक्षा समिति, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, यातायात व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिबीच बिहीबार बसेको बैठकले आजदेखि लागू हुनेगरी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली अन्त्य गरिएको हो ।
विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग, कलकारखानाबाट जोर बिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो आएको र सार्वजनिक सवारी कम हुँदा यात्रुको चाप बढ्न गई भीडभाड हुँदा झन जोखिम बढेकाले यात्रुको सुविधालाई मध्यनजर गरी उक्त निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मानिसको भीडभाड कम गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार काठमाडौँ उपत्यकामा गत असोज १ गतेदेखि जारी गरिएको निशेधाज्ञाबमोजिम उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो ।
सङ्क्रमण समयावधिभर यातायात सञ्चालन निर्देशिका २०७७ पालनामा भने कडाई गरिने भएको छ । मापदण्ड पालना नगरी सवारीसाधन सञ्चालन गरेमा अनुगमन गरी सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने प्रजिअ पराजुलीले बताए ।
उपत्यकाका जिल्ला प्रशासन कार्यालयले भौतिक दूरी कायम गर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, मास्क लगाएर हिँडडुल गर्न, राम्ररी साबुनपानीले हात धुन र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: