Khabar Dabali Logo
  January 21, Thu

मुस्ताङका विभिन्न ठाउँहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल्क औषधि वितरण गरिएको सोवा रिग्पा एशोसिएशन नेपालका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले जानकारी दिए ।

कोरोना महामारीको समस्याका कारण आधारभूत स्वास्थ्य सेवासमेत पाउन बञ्चित सर्वसाधारणलाई कोरोना रोकथाम तथा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शिविर सञ्चालन गरिएको उनले बताए । हिमालयन गुगे अर्गनाइजेशनको आयोजनामा पाँच दिनसम्म सञ्चालित सो शिविरमा गिलिङ, गामी, दमकार, डि–सुर्खाङ, डे–टाँगे, छाराङ, मराङ, लो–तेर्सोक र घाँसाका वासिन्दा लाभान्वित भएका हुन् । शिविर आयोजनामा गण्डकी प्रदेशका सभासद्द्वय इन्द्र विष्ट र चन्दमोहन गौचन तथा गाविस अध्यक्ष राजु विष्टले समन्वयकारी भूमिका खेलेका थिए ।

वडा नं १ का वडाध्यक्ष तासी डोन्डुप ठकुरी, वडा नं ३ का अध्यक्ष आम्ची सामतेन धाक्पा गुरुङ, वडा नं ४ का अध्यक्ष छिरिङ गोम्पो गुरुङ, वडा नं ५ का अध्यक्ष आम्ची छिरिङ छोडुप गुरुङ र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छायालाल मोक्तोनले अहिलेको विषम परिस्थितिमा पनि विकट गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन भएकामा खुशी व्यक्त गरे । सो अर्गनाइजेशनको आयोजनामा हरेक वर्ष यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिंदै आएको बताइएको छ ।

पुस ३ गते, २०७७ - १२:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...   

प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति

विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...   
निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने

निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने

कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...   

चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...   
एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...   

जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...   

हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध

सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...   
जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण

जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण

पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...   

भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९...   

बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई

पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top