Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पर्यटकीय गन्तव्यमा चहलपहल बढ्न थाले, गत वर्षका तुलनामा ९३ प्रतिशत ह्रास

रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको छ । कोभिड–१९ का कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको सो पदमार्गमा पछिल्लो समय फाट्टफुट्टरूपले आन्तरिक एवं वाह्य पर्यटकको आगमन हुन थालेकोले चहलपहल बढ्ने सङ्केत देखिएको हो ।

असार, साउन एवं भदौ महिनाबाहेक अन्य समयमा यहाँको मौसम प्रायः सफा रहने, राजधानी काठमाडौँबाट नजिक, अन्य क्षेत्रको तुलनामा कम खर्चमा घुम्न सकिने र प्राकृतिक छटा अवलोकनले मन प्रफुल्ल बनाउने भएका कारण अधिकांश पाहुना रसुवा केन्द्रित हुने गरेका छन् । रसुवाका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका सबै बिद्यालय सञ्चालनमा ल्याएपछि मानिसको मनोबल बढ्न गई पर्यटकको समेत आगमन हुन थालेको पर्यटन व्यवसायीले बताएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका क्षेत्रभित्र पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव शून्यमा झरेको स्वास्थ्यकर्मीले बताएपछि पर्यटकीय एवं धार्मिक क्षेत्रमा रहेका सबै होटल तथा लज पुुनः सञ्चालनमा आइसकेको चन्दनबारीका पर्यटन व्यवसायी पासाङयुर्मी तामाङले जानकारी दिए । यस क्षेत्रमा रहेका सयौँ होटल तथा लज पुनः सञ्चालनमा आइसकेका छन् ।

यस्तै पवित्र तीर्थ एवं पर्यटकीयस्थल गोसाइँकुण्ड जाने यात्रु पनि फाट्टफुट्टरूपमा ओहरदोहर गर्न थालेको धार्मिक मार्गका होटल व्यवसायीले जानकारी दिएका छन् । कोभिड–१९ को असरले यस आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ९८९ पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको इलाकामा पर्ने लाङटाङ तथा गोसाइँकुण्डको हिमशृङ्खला, कुण्ड तथा ताल, झर्ना र यहाँका जैविक विविधताको अवलोकन गरेका थिए ।

गत वर्षको यसै अवधिमा भने १४ हजार ९३३ पर्यटक आएको अभिलेखबाट देखिँदा कोरोनाको असरले पर्यटकको आगमन सङ्ख्या यस वर्षको पाँच महिनामा ९३ प्रतिशतले कमी भएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । यस आर्थिक वर्षमा आएका पर्यटकमा ६६ विदेशी र ९२३ स्वदेशी रहेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेवापत लिइने शुल्कको राजश्व भने दुई लाख ३६ हजार ३०० मात्र प्राप्त भएको छ ।

निकुञ्ज क्षेत्रको भ्रमण गर्ने स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु १०० र विदेशीको हकमा रु तीन हजार आगमन शुल्क लिने कानूनी प्रावधान छ । प्रवेश शुल्कवापत गत वर्ष यस अवधिमा रु तीन करोड १९ लाख ४८ हजार असुली भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए । यस्तै कोभिड–१९ रोग पत्ता लगाउन नियमितरूपले स्वाब सङ्कलन तथा परीक्षण गराउने काम स्थगन भएपछि समुदायमा भइरहेको डर, त्रास क्रमशः हट्दै गएको देखिएको छ ।

जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठले बिरामी भई उपचारका लागि सम्पर्कमा आएका व्यक्तिको मात्र स्वाब परीक्षण गराइने जानकारी दिए । स्वाब परीक्षण भएपछि मानिसमा उमङ्ग पैदा भई हिँडडुलको चहलपहल बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ । गाउँघरमा ज्वरो, खोकीबेगर लक्षणबिनाका कोरोना सङ्क्रमणबाट आराम भएका व्यक्तिले आफ्ना अनुभवसमेत सुनाउन थालेका छन् ।

रोग लागेका बेला खानाको स्वाद नआउने र आफ्नो शरीरमा शक्ति बढाउन स्वाद नआए पनि खाइरहने, तातोपानी छिनछिनमै खाने, गाउँघरमा पाइने जडीबुटीको साथै स्वास्थ्यकर्मीको सल्लाहअनुसारको औषधि सेवन गर्दै जाँदा लगभग १० दिनमा खानाको स्वाद आउने र रोगसमेत घट्दै गएको पाइएको अनुभव धैबुङका गोविन्द आचार्यले सुनाए । रोगसँग लड्नका लागि मनोबल भने निरन्तर उच्च राख्नुपर्ने कोरोना निको भएका व्यक्तिले सुझावसमेत दिन थालेका छन् ।

शुरू–शुरूमा कोरोना रोगको डर, त्रासबाट अत्तालिएका स्थानीय बासिन्दाले स्वास्थ्यको मापदण्ड अपनाई आफ्ना नियमित काम गरिरहेका र रोग नियन्त्रणको खोप औषधि बनेको खबरले अब बाँचिन्छ भन्ने समुदायमा आशाको किरण जागेको स्थानीय समाजसेवी दावापेम्वा तामाङले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies