


उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर


-
-
पुस ३ गते, २०७७ - ०७:२९

काठमाडौं । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ ।
आजको राजधानी दैनिकमा खबर छ – गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले किसानबाट उखु लगेर ठगी गरी रकम नदिने ‘साहु’ खोज्न सर्कुलर जारी गरे पनि प्रहरीले भने उनीहरूलाई बुधबार र बिहीबार दुई दिन बित्दा समेत भेटेको छैन ।
विभिन्न चार वटा चिनी मिलका सञ्चालकले उखु लगेबापत किसानलाई करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी छ । जसअनुसार लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख, अन्नपूर्ण सुगर मिलले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख र श्री राम सुगर मिलले सबैभन्दा धेरै २६ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
श्रीराम सुगर मिल रौतहट, अन्नपूर्ण सुगर मिल सर्लाही, इन्दिरा सुगर मिल नवलपरासी र लुम्बिनी चिनी उद्योग नवलपरासीका सञ्चालक गरी ६ जनालाई पक्राउ पुर्जी
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले किसानबाट उखु लगेर रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न सर्कुलर भएको तर बिहीबार रातिसम्म कोही पनि पक्राउ नपरेको र खोजतलास जारी रहेको बताए ।
‘प्रहरीले बुधबारदेखि नै खोजी गरिरहेको छ तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्, खोजतलास जारी छ,’ प्रहरी प्रवक्ता कुँवरले भने ।
उनका अनुसार श्रीराम सुगर मिल रौतहट, अन्नपूर्ण सुगर मिल सर्लाही, इन्दिरा सुगर मिल नवलपरासी र लुम्बिनी चिनी उद्योग नवलपरासीका सञ्चालक गरी ६ जनालाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी पाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कोरोना खोप अभियान उत्साहजनक, पहिलो दिन ९ हजार ८४ जनाले लगाए
तीन महिनाभित्र सबैलाई निःशुल्क : प्रधानमन्त्री काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार...अम्लीय जातका फलफूल निर्यात गर्न चीनले दिएन अनुमति
काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको...सरेको सर्यै रेल सञ्चालनको मिति
काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा...भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...
