


प्रचण्डले आपत्ति जनाएपछि संवैधानिक परिषद् बैठक स्थगित


-
-
पुस २ गते, २०७७ - १७:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेबिहीबार साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । नेकपाका अध्यक्षसमेत रहेका ओलीले बैठक बोलाएसँगै बालुवाटार पुगेका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका हुन् ।
स्रोतका अनुसार ओलीसँगको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक बोलाइनुको कारणबारे प्रश्न गरेका थिए । तर ओलीले केही छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको अस्पष्ट जवाफ दिएका थिए ।
तर, प्रचण्डले प्रतिवाद गर्दै पार्टीले निर्णय गरेअनुसार अघि बढ्नुपर्ने र अहिलेको अवस्थामा बैठकको औचित्य नहुने बताएका थिए । त्यसपछि बुधबारको स्थायी समिति बैठकअनुसार नै अध्यादेश फिर्ता हुने र आजको बैठकपनि स्थगित गर्ने ओलीले बताएका हुन् ।
प्रधानमन्त्री ओलीले बिहीबार बेलुका ५ बजे संवैधानिक परिषद बैठक बोलाएका थिए।
यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बजारमा सुनको मुल्य घट्यो, आज तोलाको कति छ ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको...लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने...सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज...प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली...प्रधानमन्त्री ओलीको प्रश्न : मैले हँसाएँ भनेर किन पीर ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको...प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डजस्तो इमान्दार...नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन...संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...

प्रतिकृया लेख्नुहोस्:
- लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल
- सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
- आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड
- जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते
- प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह
- नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने
- निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान : मन्त्री नेम्वाङ
- संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
- प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा