


युरोपमा कोरोनाको खोप अभियान थालनी गर्न दबाब


-
-
पुस २ गते, २०७७ - १५:००

बर्लिन । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा यस वर्षको अन्त्य हुनुअघि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरुले व्यक्त गरेका छन् ।
युरोपमा कोभिडको दोस्रो लहरले जनजीवन अस्तव्यस्त बनाउन थालेसँगै जतिसक्दो चाँडो खोप लगाउनु पर्ने दबाब बढेको छ । यही अवस्थालाई मध्यनजर गरी जर्मनीले आगामी डिसेम्बर २७ देखि नै खोप अभियान शुरु गर्ने जनाएको छ ।
यही दिनदेखि सम्भवतः युरोपेली युनियनमा आबद्ध सबै मुलुकमा खोप अभियान शुरु हुँदैछ ।
फ्रान्सले यसै वर्ष सन् २०२० को अन्त्यसम्ममा ११ लाख ६० हजार डोज खोप प्राप्त हुने जनाएको छ । अर्को महिनाभित्र अरु २३ लाख डोज खोप फ्रान्सले प्राप्त गर्दैछ ।
कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख पुग्ने खतरा भइसक्दा पनि युरोपेली युनियनमा खोपको आपूर्तिमा तुलनात्मक रुपमा ढिलाई भइरहेको छ ।
बर्लिन शहरको सुनसान सडकमा भेटिएका ५७ वर्षीय आइनेस कुम्पलले भने, “शहर आजभोलि सुनसान देखिएको छ ।”
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विगत २४ घण्टामा संयुक्तराज्य अमेरिकामा मात्र तीन हजार ७०० भन्दा बढीको मृत्यु भएको छ भने दुई लाख ५० हजारभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यो तथ्याँकले युरोपमा देखिएका कोरोना संक्रमितको संख्यालाई पनि ओझेलमा पारेको छ ।
डेनमार्क, फ्रान्स, टर्की र नेदरल्यान्ड्सले प्रतिबन्धहरुलाई अझ कडाई गरेका छन् भने स्पेनका प्रधानमन्त्रीले आफ्नो मुलुकमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गेका छन् ।
यसैबीच, युरोपेली आयोगकी प्रमुख उर्सुला भोन लियेनले कोरोना महामारीबाट छुटकारा पाउन कम्तीमा ७० प्रतिशत जनसंख्यालाई खोप लगाउनुपर्ने बताएका छन् ।
बेलायत र संयुक्तराज्य अमेरिकाले खोप लगाउन थालेसँगै युरोपेली मुलुकमा पनि खोप लगाउन दबाब बढेको छ । बेलायत र अमेरिकाले फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाएका छन् । अमेरिकी अर्को कम्पनी मोडर्नालाई पनि अमेरिकी नियामक निकायले अनुमति दिने बारेमा परामर्श गरिरहेको छ ।
बेलायत सरकारले हालसम्म १ लाख ३७ हजारभन्दा बढी व्यक्तिले पहिलो डोज खोप लगाइसकेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्नसंघसंस्थाहरूसँग...भक्तपुरमा खोपः चार हजारलाई दिइने
काठमाडौँ । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर...विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
वासिङ्टन । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका...खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
बझाङ । खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा...जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
खलङ्गा । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको...रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो...प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
काठमाडौँ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि...

प्रतिकृया लेख्नुहोस्:
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
- चीनमा कोरोना भाइरसका सङ्क्रमित दिन प्रतिदिन बढ्दै
- विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिने अर्थमन्त्री पौडेलको प्रतिबद्धता
- तीन महिनाभित्र सबै नेपालीलाई निशु्ल्क खोप लगाइसकिन्छ : प्रधानमन्त्री ओली