


९ महिनादेखि बन्द रहेका विराटनगरका विद्यालय आजदेखि सञ्चालनमा


-
-
पुस २ गते, २०७७ - १४:१५

विराटनगर । कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । विराटनगर महानगरपालिकाले गत मङसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् । महानगरले सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पूर्वाधारअनुसार विद्याललय सञ्चालन गर्न सात बुँदे विकल्प दिएको थियो ।
सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलगअलग समयमा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने, कक्षालाई पहिले र दोस्रो कक्षापछि शुरु गर्ने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थीलाई अर्को दिन वा सिफ्टमा सञ्चालन गर्नेगरी पालैपालो कक्षा सञ्चालन गर्ने र सातामा केही दिनमात्र कक्षा सञ्चालन गर्नेलगायत कार्यविधि बनाइएको नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले जानकारी दिए ।
विद्यालय स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने छ । मोरङमा रहेका १७ स्थानीय तहमध्ये विराटनगर बाहेकका अन्य स्थानमा भने विद्यालय सञ्चालन भइसकेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फरार प्रतिवादी पक्राउ
मकवानपुर । जिल्ला अदालत मकवानपुरको २०७६ भदौ २२ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा २ महिना ४ दिन...स्वरोजगार बन्दै पोर्चुगलका नेपाली
पोर्चुगल । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग...प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७ लाख भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी...फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण
खलङगा । पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने...नयाँबानेश्वरमा ३ लाख नगद तथा सुनका गरगहना चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर डेरा गरी बस्ने ललितपुर ईमाडोल घर भएका ४४ वर्षीय...जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुमन पक्राउ
झापा । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २९ वर्षीय सुमन घिमिरेलाई...होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जना पक्राउ
बाँके । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार...मध्यपुरथिमिमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु: भएन सनाखत
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको...छिमेकीको खुकुरी प्रहारबाट घाइते मगरको उपचारमा समस्या
सोलुखुम्बु । छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी...

प्रतिकृया लेख्नुहोस्:
- प्रवीण थापामगरको हत्या आरोपमा एक जना पक्राउ
- अचम्म मान्नु पर्दैन संसद् विघटन परम्परा हाे : मन्त्री भट्ट
- देशका विभिन्न १४ शहरमा वल्र्डलिङ्कले डेटा सेन्टर बनाउने
- लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेबाट आर्थिक सहयोग
- ठगी मुद्दामा अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ, आठ करोड बक्यौता बाँकी