Khabar Dabali Logo
  January 25, Mon

कोत मन्दिरमा पशुपक्षीको बलिदिन नपाइने

बागलुङ । काठेखोला गाउँपालिका–६ बिहुँस्थित कोत मन्दिरमा पशुपक्षीको बलि दिन रोक लगाइएको छ । कोतमा आगामी चैत ३० गतेपछि बलि चढाउन नपाइने भएको हो ।

यसअघि गरेको बलिको भाकल भए तोकिएको समयभित्र पूजाआजा गर्न वडा कार्यालयले सार्वजनिक सूचनामार्फत जनसाधारणमा अनुरोध गरेको छ । जनप्रतिनिधि, कोत सञ्चालक समिति, सन्त, पुजारी, गाउँका भद्रभलाद्मीसहितको भेलाले बलि प्रथा हटाउने निर्णय गरेको वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए ।

पशुपक्षीको बलि दिने परम्परालाई हटाई परापूर्वदेखि चलेको वैदिक विधिपूर्वक सात्यिक पूजा गरिने उनको भनाइ छ । “कतिपय कोतमा बलि नदिई पूजै हुँदैन तर हाम्रो कोत मन्दिर त्यस्तो होइन”, अध्यक्ष कँडेलले भने, “पूर्वजहरुले पनि सात्यिक पूजा चलाउँथे, पछि आएर बलि दिने प्रथा शुरु भएको थियो, अब त्यो अन्त्य हुन्छ ।”

बिहुँमा एकै ठाउँमा दुई कोत मन्दिर छन् । दुवै कोतलाई ‘बिहुँकोट’ भनेरसमेत चिनिन्छ । धर्मका नाममा मन्दिर र कोतघरमा दिइने बलिको पशुपक्षी अधिकारकर्मीले समेत विरोध गर्दै आएका छन् ।

पुस २ गते, २०७७ - १३:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुटको खेती

व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुटको खेती

झिमरुक । सरुमारानी गाउँपालिका वडा नं २ दर्भानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुटको खेती गरिएको...   
नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा

नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा

गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm...   

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिइने

गण्डकी । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा...   

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको...   
राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी

राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा...   

कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

काठमाडौँ । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको...   

भजनीका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

टीकापुर । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ...   

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स...   

अस्पताल बनाउन स्थानीयवासीद्वारा करिब ८ रोपनी जग्गा निःशुल्क नामसारी

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका...   

पोर्चुगलमा कोरोना प्रभावित नेपालीलाई राहत वितरण

पोर्चुगल । कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top