


नमोबुद्ध र बनेपामा अनलाइन प्रणालीबाट राजश्व सङ्कलन


-
-
पुस २ गते, २०७७ - १३:१९

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध र बनेपा नगरपालिकाले अनलाइन प्रणालीबाट राजश्व भुक्तानीको व्यवस्था गरेको छ ।
सेवाग्राहीलाई घरबाटै राजश्व बुझाउने सुविधाका लागि बुधबारदेखि राजश्व भुक्तानीको व्यवस्था गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले बताए । सेवा शुरु भएसँगै अब नगरवासीले सम्पत्ति कर, घर बहाल करलगायत कर तिर्नका लागि नगरपालिकासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
अब कर तिर्नका लागि लामो लाइन लाग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको र कोरोना सङ्क्रमणका कारण उपस्थित हुन नचाहनेका लागि इपेमेन्ट प्रणालीले सहज बनाएको प्रमुख तिमल्सिनाले बताए । उनले भने, “यो एक प्रकारले अनलाइन भुक्तानी हो । यहाँका सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीलाई प्रविधिमैत्री बनाउने सिलसिलामा इपेमेन्ट प्रविधि लागू गरेका हौं ।”
यसैगरी बनेपा नगरपालिकाले पनि डिजिटल प्रणालीमार्फत राजश्व भुक्तानी गर्ने व्यवस्थाको शुरुवात गरेको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले नगरवासीले घरमा नै बसी ई–सेवा तथा खल्ती एप प्रयोग गरेर राजश्व बुझाउन सकिने बताए ।
अब नगरवासीले सो सेवा प्रयोग गरी सम्पत्ति कर, सरसफाइ, व्यवसाय कर, घर बहाल कर, भूमिसुधार, नवीकरण सेवा करलगायत विभिन्न कर मोबाइलबाट नै भुक्तानी गर्न सकिने उनले बताए । यसअघि धुलिखेल नगरपालिककाले सो सेवाको शुरुवात गरिसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न
ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम
मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान
खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य
उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ...नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त...गलकोटमा केही दिनयता १८ घरमा तोडफोड र चोरी
गलकोट । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता...तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...
