Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

बागलुङमा ७२ लाख खर्चेर सात वटा पदमार्ग बन्ने

बलेवा । कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मङ्सिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ ।

कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र सुनसान मात्रै भएनन्, तीनै तहका सरकारले ती क्षेत्रको विकासका लागि विनियोजन गरेका बजेटको कार्यान्वयन गर्ने कामसमेत प्रभावित भए । महामारीको मारबाट विस्तारै तङ्ग्रिँदै गरेको बागलुङको पर्यटन क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको कार्यान्वयन शुरु भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा बागलुङमा मात्रै सात वटा पदमार्ग निर्माण गर्दैछ । रु पाँच लाखदेखि २० लाख बजेट विनियोजन भएका पदमार्ग निर्माणको काम शुरु भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

जिल्लाभर यो आवमा पदमार्गका लागि मात्रै रु ७२ लाख ५० हजार खर्च हुनेछ । बागलुङमा सबैभन्दा धेरै बजेट खर्चेर बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका–३ को बेलढुङ्गासम्मको पदमार्ग निर्माण हुनेछ । मन्त्रालयले उक्त पदमार्गको लागि रु २० लाख बजेट विनियोजन गरेको छ । जिल्लाभर १९ वटा योजना बनाएर बजेट बाँडेको मन्त्रालयले पदमार्गका योजना धेरै समावेश गरेको छ भने पर्यटकीय क्षेत्र पूर्वाधार विकासका योजना पनि समावेश छन् ।

काठेखोला गाउँपालिका–८ लेखानीदेखि जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थल गाजाको धुरीसम्म मन्त्रालयले पदमार्ग विकास गर्ने भएको छ । रु १५ लाख खर्चेर यसै आवमा पदमार्ग निर्माणको काम शुरु हुने मन्त्रालयले जनाएको छ । गलकोट नगरपालिकाको मल्मबाट घुम्टेको धुरीसम्म पदमार्ग निर्माणका लागि रु १० लाख बजेट विनियोजन भएको छ । जैमिनीधाम, बिनामारे माइकास्थान पदमार्गका लागि रु १० लाख, पञ्चकोट पर्यटकीय पदमार्गका लागि रु सात लाख ५० हजार, एयरपोर्ट, बहुपुर्छा पदमार्गका लागि रु पाँच लाख र कौडेडाँडा पदमार्गका लागि रु पाँच लाख बजेट छ ।

“अब सबै योजनाको काम थालनी हुन्छ, पर्यटनका पूर्वाधार तयार गर्न हामीले कुनै कसर बाँकी राख्ने छैनौँ”, पर्यटकीय क्षेत्रमा गरेको लगानी अनुगमन तथा निरीक्षणबाट फर्केपछि मन्त्री लम्सालले भने, “हाम्रो आर्थिक समृद्धिको आधार नै पर्यटन हो ।” बागलुङमा १० वटा घरबासको पूर्वाधार विकासका लागि मात्रै मन्त्रालयले रु एक करोड २० लाख खर्चिने छ । गत वर्ष घरबास प्रवद्र्धनमा रु दुई करोड ८० लाख खर्च भएको थियो । घरबास र पदमार्गका नाममा भएको खर्च दुरुपयोग भएको गुनासो आउन थालेपछि मन्त्री लम्सालले एक साता पहिले अनुगमन गरेका थिए ।

अनुगमनपछि लम्सालले हल्ला चलेकोजस्तो दुरुपयोग नभएको र कमीकमजोरी गरेकालाई सच्चिन आग्रह गरेको बताए । मन्त्रालयले दह तथा ताल मर्मतदेखि उद्यान निर्माणका लागिसमेत बजेट विनियोजन गरेको छ । सबै बजेटको कार्यान्वयन शुरु भएको मन्त्रालयले जनाएको छ । पर्यटन क्षेत्रका सरोकारवालाले भने मन्त्रालयले दिने बजेट कार्यान्वयनमा समस्या हुने गुनासो गर्ने गरेका छन् ।

“प्राविधिक लागत अनुमानसहित आउनु भनेर उपभोक्तालाई खबर आउँछ, लागत अनुमान मन्त्रालयले गर्ने हो की स्थानीय तहले थाहा नहुने ?”, कालिका भगवती गुठी बागलुङका अध्यक्ष राजु खड्काले भने, “जिल्लामा पर्यटन कार्यालय आवश्यक छ तब मात्रै सबै योजनाको कार्यान्वयन समयमा हुन्छ ।” मन्त्रालयले पर्यटन कार्यालय स्थापनाका लागि अध्ययन समिति बनाएर काम अघि बढेकाले यो आवका सबै योजना उपलब्धि देखिने गरी कार्यान्वयनमा आउने दाबी गर्ने गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies