


१५ वर्षीया बालिकालाई अपहरण तथा बन्धक बनाई बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद सजाय


-
-
पुस २ गते, २०७७ - १०:४२

सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको हो । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महिना कैद र ४६ हजार ६४६ जरिवाना तथा थप सजायतर्फ छ वर्ष आठ महिना कैद र रु ६६ हजार ६६६ जरिवाना तोकेको अदालतले जनाएको छ । आरोपितले पीडितलाई एकुमष्ठ रु ५० हजार क्षतिपूर्तिसमेत भर्नुपर्ने फैसला भएको छ ।
कैदतर्फ सबैभन्दा बढी जबर्जस्ती करणीमा आठ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने तर थप सजाय भने भोग्नुपर्ने जिल्ला अदालतले जनाएको छ । आरोपितसमेत बालबालिका भएकाले दुई तिहाइ कैद सजाय हुने तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाए ।
आरोपितले ०७५ मङ्सिर २५ गते गाउँघरबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७५ पुस ३ गते उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितलाई ०७५ पुस ४ गते पक्राउ गरेको थियो । पक्राउ परेका आरोपितलाई सप्तरी जिल्ला अदालतले ०७५ पुस २८ गते बाल सुधारगृहमा पठाउने आदेश गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फरार प्रतिवादी पक्राउ
मकवानपुर । जिल्ला अदालत मकवानपुरको २०७६ भदौ २२ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा २ महिना ४ दिन...स्वरोजगार बन्दै पोर्चुगलका नेपाली
पोर्चुगल । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग...प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७ लाख भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी...फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण
खलङगा । पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने...नयाँबानेश्वरमा ३ लाख नगद तथा सुनका गरगहना चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर डेरा गरी बस्ने ललितपुर ईमाडोल घर भएका ४४ वर्षीय...जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुमन पक्राउ
झापा । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २९ वर्षीय सुमन घिमिरेलाई...होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जना पक्राउ
बाँके । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार...मध्यपुरथिमिमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु: भएन सनाखत
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको...छिमेकीको खुकुरी प्रहारबाट घाइते मगरको उपचारमा समस्या
सोलुखुम्बु । छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी...

प्रतिकृया लेख्नुहोस्:
- प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश
- अबको केही महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य हुन्छ र नेपाली जनता विजयी हुनेछन् : प्रचण्ड
- प्रचण्डलाई चितवनमा चुनाव हामीले जिताएको हो : प्रधानमन्त्री ओलीे
- ओलीले गल्ती स्वीकारेमा एकता सम्भव छ : योगेश भट्टराई
- लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेबाट आर्थिक सहयोग
- निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो
- प्रधानमन्त्री भनेर छोड्न हुन्न, उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- बरिष्ठ अधिवक्ता घिमिरे भने-प्रधानमन्त्रीको लिखित जवाफ देखेर अन्जु पन्तको गीत याद आयो
- महोत्तरीमा सर्पलाई ‘नाग देवता’ भन्दै पूजा गर्नेहरूको घुइँचो
- ओली जुन तरिकाले आउँछन्, हामीहरू त्यही ढंगले अघि बढ्छौं : प्रचण्ड-नेपाल समुह