


घेराबन्दीमा परेपछि आफ्नो अडानबाट पछि हटे ओली


-
-
पुस २ गते, २०७७ - ०७:३६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन् ।
आजको नागरिक दैनिकमा खबर छ – मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश फिर्ता गर्न तयार भएसँगै उनी पार्टी बैठकमा सहभागी नहुने भन्ने अडानबाट पनि पछि हटेका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई काउन्टर दिन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राष्ट्रपति कार्यालयमा संसद्को विशेष अधिवेशनसम्बन्धी प्रस्ताव लिएर गएपछि ओली र दाहालसहित ६ नेताहरूबीच लामो समय छलफल भएको थियो । स्थायी कमिटीको बैठक सुरु नहुँदै ओली, दाहाल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, घनश्याम भुसाल र शंकर पोखरेलको बैठक बसेको थियो ।
छलफलका क्रममा ओलीले आफू पछि नहट्ने बताइरहँदा छलफलमा सहभागी नेताहरूले ‘हामी कुन बाटो हिंडिरहेका छौं, सहमतिको बाटो हो कि समाप्तिको, यसको जवाफ तपाईंहरू दुवै अध्यक्षले दिनुपर्छ भनेका थिए ।
‘हामी सहमतिको बाटो हिँडिरहेका छौं भने अध्यादेश र विशेष अधिवेशन मागको दुवै प्रस्ताव फिर्ता गरौं, होइन अहिले दुवै पक्ष समाप्तिको बाटो हिँडेका हौं भने आफ्नो आफ्नो बाटो लागौं, यसले कोही कसैको टाउको माथि पर्दैन, नेपालमा कम्युनिस्ट पार्टीकै भविष्य संकटमा पर्छ, यसको अपजसबाट तपाईंहरू दुवै अध्यक्ष उम्कन पाउनु हुन्न’ भनेपछि दुवै अध्यक्ष प्रस्ताव फिर्ता गर्न राजी भएका थिए ।
ओलीले दाहालकै असहयोगका कारण अध्यादेश ल्याउनुपरेको बताएका थिए भने दाहालले ‘अध्यादेशबाट मुलुकको भलो त हुँदैन, तपाईंको पनि भलो गर्दैन, तपाईंकै भलाईका लागि फिर्ता लिनुस्’ भनेका थिए । त्यसक्रममा ओलीले स्थायी कमिटीमा दाहालले पेस गरेको प्रतिवेदन फिर्ता हुनुपर्ने अडान दोहोर्याएका थिए ।
अन्य सहभागीले अहिले अध्यादेश र संसद्को विशेष अधिवेशन मागको निवेदन फिर्ताको विषयमा मात्रै कुरा गरौं भनेपछि ओली पनि सहमत भएका थिए । ‘नेकपाको आन्तरिक जीवनमा देखिएका सबैखाले समस्या समाधान हुन्छन् भन्ने आजको बैठकले देखाएको छ । अब पार्टी नयाँ शिराबाट अगाडि बढ्छ । समस्या समाधानको बाटोतर्फ उन्मुख भएको छ’, स्थायी कमिटीको बैठकपछि महासचिव पौडेलले भने ।
‘अध्यादेशको कुनै अरु विशेष उद्देश्य छैन । लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न सकेन, कहिले कांग्रेसले दुःख दियो, कहिले आफ्नै साथीहरूले दुःख दिए, त्यसकारण बाध्य भएर ल्याएको हो’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
ओलीको सो भनाइपछि दाहालले पनि अध्यादेश फिर्ता भए पार्टीमा पनि सहमतिको वातावरण बन्ने भनाइ राखेका थिए । ‘अहिले कुनै पनि प्रकारले अध्यादेशको आवश्यकता होइन । यसलाई सहमतिमै टुंगो लगाउन अध्यादेश पनि फिर्ता गरौं । अरु विषयमा अर्को बैठकमा छलफल गरौंला । अहिलेलाई विशेष अधिवेशन बोलाउने र अध्यादेश फिर्ता गर्ने निर्णय गरौं । बाँकी विषयमा ५ पुसको बैठकमा तयारीका साथ छलफल गरौंला’, दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने
काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार
काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...भारतबाट थप १५ मेगावाट विजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...ओलीको बोली र व्यवहार फरक–फरक
काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान
काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...यसरी गरिँदैछ प्रचण्ड–माधव एकता
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...

प्रतिकृया लेख्नुहोस्:
- देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
- चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द
- मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
- भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो