


विदेशमा तलब नपाई फर्किन्छन् नेपाली श्रमिक


-
-
पुस २ गते, २०७७ - ०७:२५

काठमाडौं । सिरहाका चतुरनारायण मण्डलले १८ महिनाको तलब लिन लपाई अक्टोबरको पहिलो साता कतार छाडे ।
आजको कान्तिपुर दैनिकमा खबर छ – उनी १३ वर्षदेखि इम्पेरियल ट्रेडिङ एण्ड कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्थे । पहिले कम्पनी राम्रै थियो । व्यवस्थापन परिवर्तन भएपछि अवस्था बिग्रियो । ‘हामीले श्रम मात्रै पोख्नुपर्यो’, उनले भने, ‘कतारमा विना तलब बस्नै सकिएन । घरमा पैसो पठाउन नसक्ने भएपछि तनावमा बसेर के अर्थ ?’
उनीलगायत श्रमिकहरुले गत वर्षको जुलाइदेखि तलब माग गर्दै आन्दोलन गर्नुपरेको थियो । उनले १८ महिनाको १८ हजार रियाल (५ लाख ९४ हजार रुपैयाँ) छोडेर आउनुपर्यो ।
आफू जस्ता श्रमिकलाई तलब नदिँदा कम्पनीलाई ३ लाख ५७ हजार डलर फाइदा पुगेको उनी बताउँछन् । ‘कतिपय साथीहरु तलब पाइने आसमा अझै सनैया क्याम्पमै बसिरहेका छन्’, उनले भने । गन्तव्य देशमा मण्डलले जसरी तलब छाडेर आउने श्रमिकको संख्या निकै छ । यो वर्ष कोरोना महामारीले झन बढाई दिएको छ ।
‘तलब नदिन कम्पनीलाई कोरोना बहाना भई दियो’, साउदीमा कार्यरत सप्तरीका वीरेन्द्र शासले भने, ‘कम्पनीले टिकट मात्रै दिँदा पनि हामीले राहत मान्नुपर्ने अवस्था सिर्जना भयो ।’ खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरुमा दैनिकजसो करिब २ सय जना तलब नपाएको भन्दै उजुरी लिएर जाने गरेका छन् । दूतावासले कम्पनी र श्रमिकसँग समन्वय गरे पनि श्रमिकले पसिनाको मूल्य पाउन कठिन छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भुइँको टिप्दा न बादल, न वामदेव
काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको...नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै
काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा...आयोगले दलको आधिकारिकता आफूहरुलाई दिने प्रधानमन्त्रीको रिडिङ
काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी विभाजनका लागि संसदीय दल र पार्टी केन्द्रीय कमिटी...पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर
काठमाडौं । पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ...संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्ने अध्यादेशविरुद्धको रिट ३५ दिनसम्म सुनुवाइ भएन
काठमाडौं । संवैधानिक आयोगहरूमा स्वेच्छाचारी नियुक्ति गर्न सरकारले ल्याएको अध्यादेशविरुद्धको रिट...अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै व्यहोर्नुपर्ने
काठमाडौं । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी...प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच...एक हजार निजी विद्यालय बन्द हुन सक्ने
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय...प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल
काठमाडौं । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले...कोभिड चिकित्सकमाथि आक्रमण
काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका...
